काठमाडौं । सरकारले विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
Advertisement
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट टोलीलाई शुक्रबार बालुवाटार बोलाएर रकम दिने घोषणा गर्नुभएको हो । त्यस क्रममा प्रधानमन्त्रीले निर्माणाधीन रंगशाला पनि पूरा गर्ने बताउनुभयो ।
‘त्रिवि क्रिकेट मैदानमा तत्काल फ्लटलाइट र स्कोरबोर्ड व्यवस्था गरिनेछ’, प्रधानमन्त्री प्रचण्डले खेलाडीसँग भन्नुभयो, ‘केही रंगशाला निर्माण पनि अघि बढाइनेछ।’

प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए।
बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। नेपालले अब जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने छ ।

