• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चालु आर्थिक वर्षमा लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व


  •   बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०७९ र ८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ ।

    Advertisement

    आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो ।

    दोस्रो चौमासिकसम्ममा विभागले रू तीन खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर यो अवधिको लक्ष्यको तुलनामा ७९ दशमलव ७८ प्रतिशत अर्थात् रू दुई खर्ब ८१ अर्ब ९९ करोड ३० लाख मात्रै उठेको हो ।

    गत आवको फागुनसम्मको तुलनामा चालु आवको सोही अवधिको तुलनामा राजस्व असुली एक प्रतिशत बिन्दुले कम हो । विभागले गत आवको आठ महिनामा रू दुई खर्ब ८५ अर्ब १२ करोड दुई लाख बराबर राजस्व उठाएको थियो । हालसम्म उठेको आन्तरिक राजस्वको अवस्था हेर्दा शिक्षा कर बाहेक सबै क्षेत्रमा न्यून असुली भएको छ ।

    फागुन मसान्तसम्म रू एक खर्ब ५८ अर्ब २५ करोड चार लाख बराबर आयकर उठाउने लक्ष्य राखेको विभागले रू एक खर्ब १७ अर्ब सात करोड १९ लाख मात्रै असुली गरेको छ । यो अवधिको आयकर लक्ष्यको ७३ दशमलव ९८ प्रतिशत अर्थात् लक्ष्यको तुलनामा आयकर सङ्कलन करिब १६ प्रतिशत बिन्दुले कम हो ।

    मूल्य अभिवृद्धि कर ९भ्याट० सङ्कलन पनि लक्ष्यभन्दा निकै न्यून छ । फागुन मसान्तसम्ममा रू ८२ अर्ब ४३ करोड ३८ लाख भ्याट उठाउने लक्ष्य राखिएकोमा रू ६८ अर्ब ७७ करोड ३८ लाख मात्रै सङ्कलन भएको छ । जुन असुली लक्ष्यको ८३ दशमलव ३२ प्रतिशत बराबर हो । त्यस्तै, गत वर्षको यही अवधिको तुलनामा आयकर सङ्कलन तीन प्रतिशत विन्दुले न्यून हो । गतवर्ष फागुन मसान्तसम्ममा विभागले रू ७० अर्ब ७५ करोड ८४ लाख बराबर भ्याट उठाएको थियो ।

    अन्त:शूल्क गत वर्षको तुलनामा केही बढेको देखिए पनि यसवर्षको लक्ष्यअनुसार भने उठेको देखिँदैन । विभागका अनुसार फागुन मसान्तसम्म रू ७६ अर्ब ८२ करोड ४० लाख अन्त:शुल्क लक्ष्य लिइएकोमा ८४ दशमलव ३६ प्रतिशत अर्थात् रू ६४ अर्ब ८१ करोड ६ लाख सङ्कलन भएको छ । गतवर्ष फागुनसम्मको तुलनामा यसवर्षको सोही अवधिमा अन्त:शुल्क चार प्रतिशत विन्दुले बढेको छ ।

    दोस्रो चौमासिक अवधिमा घरबहाल कर ७८ दशमलव ८१ प्रतिशत सङ्कलन भएको छ । फागुन मसान्तसम्मका लागि रू दुई अर्ब १४ करोड ८८ लाख बराबर घरबहाल कर उठाउने लक्ष्य राखिएकोमा रू एक अर्ब ६९ करोड ३५ लाख बराबर मात्रै उठेको हो । गतवर्षको यही अवधिको तुलनामा घरबहाल कर १० प्रतिशत बिन्दुले घटेको छ । गतवर्ष रू एक अर्ब ८७ करोड २७ लाख बराबर उठेको थियो ।

    त्यस्तै, स्वास्थ्य सेवा कर असुली लक्ष्यको ९७ दशमलव ११ प्रतिशत मात्रै देखिन्छ । विभागले फागुन मसान्तसम्ममा रू चार अर्ब ८५ करोड स्वास्थ्य कर उठाउने लक्ष्य राखेकोमा रू चार अर्ब ७१ करोड बराबर मात्रै सङ्कलन भएको देखिएको हो । यही अवधिमा शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ ।

    आठ महिना अवधिमा रू एक अर्ब ४२ लाख शिक्षा कर उठाउने लक्ष्य राखिएकोमा रू एक अर्ब ६ करोड ४० लाख बराबर उठेको हो ।

    बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.