• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

चालु आर्थिक वर्षमा लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व


  •   बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०७९ र ८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ ।

    Advertisement

    आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो ।

    दोस्रो चौमासिकसम्ममा विभागले रू तीन खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर यो अवधिको लक्ष्यको तुलनामा ७९ दशमलव ७८ प्रतिशत अर्थात् रू दुई खर्ब ८१ अर्ब ९९ करोड ३० लाख मात्रै उठेको हो ।

    गत आवको फागुनसम्मको तुलनामा चालु आवको सोही अवधिको तुलनामा राजस्व असुली एक प्रतिशत बिन्दुले कम हो । विभागले गत आवको आठ महिनामा रू दुई खर्ब ८५ अर्ब १२ करोड दुई लाख बराबर राजस्व उठाएको थियो । हालसम्म उठेको आन्तरिक राजस्वको अवस्था हेर्दा शिक्षा कर बाहेक सबै क्षेत्रमा न्यून असुली भएको छ ।

    फागुन मसान्तसम्म रू एक खर्ब ५८ अर्ब २५ करोड चार लाख बराबर आयकर उठाउने लक्ष्य राखेको विभागले रू एक खर्ब १७ अर्ब सात करोड १९ लाख मात्रै असुली गरेको छ । यो अवधिको आयकर लक्ष्यको ७३ दशमलव ९८ प्रतिशत अर्थात् लक्ष्यको तुलनामा आयकर सङ्कलन करिब १६ प्रतिशत बिन्दुले कम हो ।

    मूल्य अभिवृद्धि कर ९भ्याट० सङ्कलन पनि लक्ष्यभन्दा निकै न्यून छ । फागुन मसान्तसम्ममा रू ८२ अर्ब ४३ करोड ३८ लाख भ्याट उठाउने लक्ष्य राखिएकोमा रू ६८ अर्ब ७७ करोड ३८ लाख मात्रै सङ्कलन भएको छ । जुन असुली लक्ष्यको ८३ दशमलव ३२ प्रतिशत बराबर हो । त्यस्तै, गत वर्षको यही अवधिको तुलनामा आयकर सङ्कलन तीन प्रतिशत विन्दुले न्यून हो । गतवर्ष फागुन मसान्तसम्ममा विभागले रू ७० अर्ब ७५ करोड ८४ लाख बराबर भ्याट उठाएको थियो ।

    अन्त:शूल्क गत वर्षको तुलनामा केही बढेको देखिए पनि यसवर्षको लक्ष्यअनुसार भने उठेको देखिँदैन । विभागका अनुसार फागुन मसान्तसम्म रू ७६ अर्ब ८२ करोड ४० लाख अन्त:शुल्क लक्ष्य लिइएकोमा ८४ दशमलव ३६ प्रतिशत अर्थात् रू ६४ अर्ब ८१ करोड ६ लाख सङ्कलन भएको छ । गतवर्ष फागुनसम्मको तुलनामा यसवर्षको सोही अवधिमा अन्त:शुल्क चार प्रतिशत विन्दुले बढेको छ ।

    दोस्रो चौमासिक अवधिमा घरबहाल कर ७८ दशमलव ८१ प्रतिशत सङ्कलन भएको छ । फागुन मसान्तसम्मका लागि रू दुई अर्ब १४ करोड ८८ लाख बराबर घरबहाल कर उठाउने लक्ष्य राखिएकोमा रू एक अर्ब ६९ करोड ३५ लाख बराबर मात्रै उठेको हो । गतवर्षको यही अवधिको तुलनामा घरबहाल कर १० प्रतिशत बिन्दुले घटेको छ । गतवर्ष रू एक अर्ब ८७ करोड २७ लाख बराबर उठेको थियो ।

    त्यस्तै, स्वास्थ्य सेवा कर असुली लक्ष्यको ९७ दशमलव ११ प्रतिशत मात्रै देखिन्छ । विभागले फागुन मसान्तसम्ममा रू चार अर्ब ८५ करोड स्वास्थ्य कर उठाउने लक्ष्य राखेकोमा रू चार अर्ब ७१ करोड बराबर मात्रै सङ्कलन भएको देखिएको हो । यही अवधिमा शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ ।

    आठ महिना अवधिमा रू एक अर्ब ४२ लाख शिक्षा कर उठाउने लक्ष्य राखिएकोमा रू एक अर्ब ६ करोड ४० लाख बराबर उठेको हो ।

    बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने
    अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त
    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • २.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ३.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ४.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ५.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ६.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ७.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ८.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.