काठमाडौँ । अखिल (छैठौं) ले “आत्मनिर्भर, प्रविधिमैत्री, सर्वसुलभ, गुणस्तरीय उच्च शिक्षा हाम्रो अभियान : शैक्षिक भ्रष्टीकरण र व्यापारीकरणका विरुद्ध अखिल (छैठौं) लाई मतदान” नाराका साथ आगामी २०७९ चैत ५ गते शुक्रबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भाग लिइरहेको छ ।
त्यस क्रममा अखिल (छैठौं) ले देशव्यापी रूपमा एकल वा संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएको छ । यतिखेर सो संगठनका विद्यार्थीहरू देशैभरिका क्याम्पसहरूमा स्ववियु निर्वाचनको प्रचार प्रसारमा केन्द्रित छन् ।
युगदर्शनले अखिल (छैठौं) का उम्मेदवार को कहाँबाट उठेका छन् ? त्यसबारे सो संगठनका अध्यक्ष देवेन्द्र कुँवरसँग जिज्ञासा राखेको थियो ।
उहाँले हामीलाई उपलब्ध गराउनुभएको सूचनाअनुसार अनुसार अखिल (छैठौं) का देशव्यापी उम्मेदवार यस प्रकार रहेका छन् :
१. सर्वोदय क्याम्पस, बागलुङ : गणेश पौडेल (सभापति) ।
२. सर्वोदय क्याम्पस, बागलुङ : भुवनकुमार ढकाल (सचिव) ।
३. सर्वोदय क्याम्पस, बागलुङ : जानकी काउचा (कोषाध्यक्ष) ।
४. सर्वोदय क्याम्पस, बागलुङ : सपना काउचा (सदस्य) ।
५. सर्वोदय क्याम्पस, बागलुङ : गङ्गा शर्मा (सदस्य) ।
६. सर्वोदय क्याम्पस, बागलुङ : कमला सलामी (सदस्य) ।
७. सर्वोदय क्याम्पस, बागलुङ : रुनमाया सलामी (सदस्य) ।
८. दमक बहुमुखी क्याम्पस, दमक, झापा : देवेन्द्र पौडेल (सदस्य) ।
९. छथर बहुमुखी क्याम्पस, छथर, तेह्रथुम : सिर्जना भट्टराई (सदस्य) ।
१०. त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौँ : पुरन पोखरेल (सदस्य) ।
११. सरस्वती बहुमुखी क्याम्पस, ठमेल, काठमाडौँ : मदन भुसाल (सदस्य) ।
१२. बुटवल बहुमुखी क्याम्पस, बुटवल, रुपन्देही : सागर एमसी (सदस्य) ।
१३. सिद्धार्थ बहुमुखी क्याम्पस, कपिलवस्तु : बालिका पाण्डे (सदस्य) ।
१४. समयथान बहुमुखी क्याम्पस, कपिलवस्तु : टिना अदै (सदस्य) ।
१५. नेपाल आदर्श क्याम्पस, कपिलवस्तु : सङ्गिता बुढा (सदस्य) ।
१६. रुद्रावति बहुमुखी क्याम्पस, गुल्मी : कर्णबहादुर सार्की (सहसचिव) ।
१७. रुद्रावति बहुमुखी क्याम्पस, गुल्मी : सुष्मा सलामी (सहसचिव) ।
१८. जलजला बहुमुखी क्याम्पस, रोल्पा : उषा विष्ट (कोषाध्यक्ष) ।
१९. मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत : लेनिन रेग्मी (सदस्य) ।
२०. बागेश्वरी बहुमुखी क्याम्पस : मेनका ठकुरी (सदस्य) ।
२१. जनता बहुमुखी क्याम्पस, गढवा, दाङ : पुष्पा धिताल (सदस्य) ।
२२. जनता क्याम्पस, गढवा, दाङ : मनिसा अधिकारी (सदस्य) ।
२३. ऐरावती क्याम्पस, दाङ : अशोक खनाल (सचिव) ।
२४. ऐरावती बहुमुखी क्याम्पस, दाङ : सिद्धार्थ सुवेदी (सदस्य) ।
२५. देउखुरी बहुमुखी क्याम्पस, दाङ : निर्मला खनाल (सदस्य) ।
२६. राप्ती शिक्षा क्याम्पस, दाङ, सुनिता आचार्य (सदस्य) ।
२७. डडेलधुरा बहुमुखी क्याम्पस, डडेलधुरा रेखा खडायत (सदस्य) ।
२८. डोटी बहुमुखी क्याम्पस, डोटी, कृष्णा धामी (कोषाध्यक्ष) ।
२९. डोटी बहुमुखी क्याम्पस, डोटी, तारा बस्ती (सदस्य) ।
३०. डोटी बहुमुखी क्याम्पस, डोटी, कृष्णा भट्ट (सदस्य) ।
त्यसैगरी, प्युठानका पाँचओटा क्याम्पसमा अखिल (छैठौं) उम्मेदवारहरू स्ववियुमा निर्वाचित भइसकेका छन् । अखिल (छैठौं) का महासचिव सुवास जिसीका अनुसार निर्वाचत हुने विद्यार्थीहरू नामावली यस प्रकार रहेको छ :
गौमुखी बहुमुखी क्याम्पस, मच्छी : सभापति रजत जिसी, सदस्यहरू दीपककुमार थापा र रविना विक ।
अमर क्याम्पस, भिङ्ग्री : कोषाध्यक्ष लक्ष्मण पुन, सदस्यहरू मनिसा घर्ती र मनिसा बुढाथोकी ।
प्युठान क्याम्पस, खलंगा : कोषाध्यक्ष पवन खड्का, सदस्यहरू सावित्रा नेपाली र विन्दु नेपाली ।
झिमरुक क्याम्पस, बाग्दुला : सहसचिव समीक्षा थापा, सदस्य रेखा गिरी ।
स्वर्गद्वारी बहुमुखी क्याम्पस, बिजुवार : सदस्यहरू निता वुढाथोकी र दीक्षा जिसी ।
अध्यक्ष कुँवरले अखिल (छैठौं) का केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिहरू स्ववियु निर्वाचनमा घनीभूत ढ·ले लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘१४ वर्षपछि हुन थालेको स्ववियु निर्वाचन हाम्रा लागि पर्व जस्तै खुसियाली हो, साथै विद्यार्थी हक, हित र अधिकारको पक्षमा रणमैदान पनि हो ।’
उहाँले अखिल (छैठौं) का उम्मेदवारलाई जिताउन देशव्यापी लहर सृजना हुँदै गइरहेको दाबी पनि गर्नुभयो ।