रवि पौडेल ##
Advertisement
अन्याय बढ्दै गयो उठ नारी ठोक
श्रमजीवी मजदुरको आवाज बोक
मैदानमा राक्षसहरू बाटो कुरी बस्छन्
एक्लो मौका छोपी छोपी नारीलाई हेप्छन्
दाइजो प्रथा उन्मूलन गराउनुपर्छ
कुरीीति र कुविचारलाई हराउनुपर्छ
शासकका कानुनका कागजी कुरा
एसिड प्रहार,पेट्रोल प्रहार हिर्काउछन् छुरा
संस्कार पनि कस्तो हो नारीलाई नै हेप्ने
घुमाई फिराई अत्याचार कति हाम्ले खेप्ने
छाउपडी प्रथाहरू अविलम्ब हटाउनुपर्छ
अब नारी जुट्नुपर्छ मैदानमा खट्नुपर्छ
नारीमाथि जङ्गल राजको अन्त्य हुनुपर्छ
समानता र न्यायको समाज खडा हुनुपर्छ
नारी जगत् यो मितिमा एकजुट हुनुपर्छ
८ मार्चको महिला दिवस सफल पार्नुपर्छ