• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘खरको छानो आगोले टिपेको पत्तै नहुने’


  •   मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित
  • रवीन्द्र काफ्ले,पाँचथर ।
    तेह्रथुमको आठराई गाउँपालिका–६ हात्तीखर्कका आशबहादुर घिसिङको उमेर ८० वर्ष पुग्यो । हातपाउ लाग्न छोडेका घिसिङका बाबुबाजेको सारा जीवन पनि यही ठाउँमा बितेको थियो ।

    Advertisement

    विसं २००१ असार १५ मा जन्मनुभएका घिसिङले सुनेअनुसार उहाँका बाबुबाजेको जीवन पनि यही ठाउँमा बितेको थियो । आफ्नो उत्पादनले खान नपुगे पनि हात्तीखर्कमै घिसिङका शाखा सन्तानले यहीँ गुजारा गरिरहेका थिए ।

    तर ८० वर्षको उमेरमा घिसिङ घरबारविहीन हुनुपरेको छ । आगलागीले घिसिङको टोलका १४ घर एकैसाथ खरानी बनाएको छ । आँखैअघि सारा गाउँ खरानी हुँदा घिसिङलाई सपनाजस्तै लागेको छ । ‘बाबु बाजेबाट न यस्तो विपत्ति सुनेको थिएँ, न यो जीवनले भोगकै थियो’, घिसिङ स्वयं आश्चार्यमा हुनुहुन्छ । तर लौरोको सहारामा जीवन कटाउनुपर्ने बेलामा उहाँसँग न घर नै रह्यो न सम्पत्ति ।

    यही फागुन १२ गते नजिकैको खैरेनी निबुटार सामुदायिक वनमा लागेको आगो हात्तीखर्कको बस्तीमा सल्कियो । हुन त हात्तीखर्कमा यत्रो जङ्गल थिएन । यहाँका कयौँ स्थानीयवासी सहज जीवनयापनको अपेक्षामा बसाइँ सरेर गएपछि बस्ती नै जङ्गलमा परिणत भएको थियो । घिसिङकै दुई जना भाइका परिवार पनि यहाँबाट बसाइँ सरेर झापा गइसकेका छन् । सुक्खाले प्रभावित यस स्थानको जङ्गल वर्षा नहुँदा अत्यधिक सुक्खा बनेको थियो ।

    तमोर नदीको तटबाट लागेको आगो यसरी मडारिएर आयो कि हरिया रुखहरू नै आधाआधी जले । आगो लागेपछि हुरीबतास उत्तिकै चल्यो । आगोको लप्का जङ्गल नजिकैका घरसम्म पुग्यो । ठूल्ठुला टारका बीचमा रहेका घरमा आगोले सल्किएका रुखका पातहरू पुगे । क्षणभर मै हात्तीखर्क उजाडियो । जङ्गलबाट चार सय मिटर टाढासम्मका घरमा आगो लाग्यो ।

    घरबारविहीन भएपछि लौरो टेकेर राहत सामग्री बुझिरहनुभएका घिसिङका लागि यो घटना एक आश्चर्यजनक लागिरहेको छ । ‘जिजुबाजेदेखि बसेको घरमै म बसिरहेको थिएँ । यस्तो अवस्था मैले कहिल्यै सोचेको थिइनँ’, उहाँले भन्नुभयो । यसपालि आगो लाग्नु स्वाभाविक भए पनि आगलागीले यो हदको क्षति गर्ला भन्ने कसैको कल्पनासमेत थिएन । ‘यो ठाउँ नै औल हो । पहिले निकै पानी पथ्र्यो । भदौदेखि पानीको छिटा देखेको छैन । झिल्को बल्नासाथ सबै सल्कियो’, घिसिङले भन्नुभयो ।

    पहिले यहाँको बस्ती बाक्लो थियो । अहिले आगलागी भई जलेका १४ मध्ये पाँच घर खाली थिए । वयोवृद्ध घिसिङ गाउँका आधाजस्तो बसाइँ सरेर गएको बताउनुहुन्छ । ‘तर, आफ्नै घर गएपछि सबै सकियो नि १’, निराश र हतास हुँदै उहाँले भन्नुभयो ।

    वयोवृद्ध घिसिङको मात्रै होइन, घर जलेपछि मायादेवी तामाङको दुःख झनै पीडादायी छ । मायाका श्रीमान् मानसिक समस्याका कारण थलिएको लामो समय भयो । जङ्गलको आगोले ठूलो क्षति गर्ला कि भन्ने चिन्ताले मायाको मन पिरोलिरहेको थियो । क्षणभरमा घर नजिकै डाँडामा आगो आइपुग्यो । हेर्दाहेर्दै उहाँका दुई वटा घर जले ।

    ‘सरसामान, लुगाफाटो केही निकाल्न पाइनँ । श्रीमान्को उपचार गर्न पैसा ठिक्क पारेकी थिएँ’, आँसुुमिश्रित आवाजमा उहाँले भन्नुभयो, ‘छोरीको भर्खर बिहे गरेका थियौँ, विवाहको पैसा पनि घरमै थियो । त्यो केही बाँकी रहेन ।’ मायाको घरमा रहेको रु एक लाख ५० हजारभन्दा बढी नगद आगलागीमा जलेको छ । मानसिक समस्या भएका श्रीमान्लाई दिइराख्ने औषधि र औषधि खरिद गर्ने रकम जलेपछि अब के गर्ने भन्ने मायादेवीसँग कुनै विकल्प छैन ।

    सोही स्थानकी जुनुमाया घिसिङले हलगोरु बाहेक घरको कुनै सामग्री निकाल्न पाउनु भएन । ‘दशै मिनेटमा घर जलेको । घर–घर छुट्टयाई छुट्टयाई जले’, घिसिङले भन्नुभयो, ‘हामी त बर्बादै भयौँ नि !’

    गायक उदीतनारायण झाको स्वरको गीतको एक हरफ निकै चर्चित छ –
    दुःखीलाई कहिलेकाँही भुल्दा रैछन् देउता पनि
    भन्दथे जसले मलाई भाग्यमानी, दिएनन् साथ दुई पाइला पनि …..

    हात्तीखर्कको उजाडिएको बस्तीका सबैलाई यो गीत सायदै उपयुक्त लाग्ला । हुन पनि आफ्नो उत्पादनले आधा वर्ष खान नपुग्ने परिवारहरूको वासस्थान र श्रीसम्पत्ति क्षणभरमै उजाडिएको छ ।

    तर हात्तीखर्क मात्रै होइन, पूर्वी पहाडको तमोर तटीय क्षेत्रका सबै नागरिकको साझा समस्या आगलागी हो । वर्षा कम हुँदै जाँदा वर्षको कम्तीमा छ महिना यस क्षेत्रमा पानी पर्न छाडेको छ । यस क्षेत्रमा हिउँदको समयमा वर्षा हुन छाडेको लामो समय भइसक्यो । जसका कारण सुक्खा बनेको वन जङ्गलमा झिल्को बल्नासाथ सिङ्गो जङ्गल नै आगोको ज्वालामा परिणत हुनेछ । यी स्थानमा न अग्निरेखा निर्माण गरिएका छन् न पोखरी÷प्लास्टिक पोखरी निर्माण गर्ने प्रयास नै ।

    अर्कातर्फ जङ्गलछेउका बस्तीमा खर ९फुस०को छानो लगाउने गरिएको छ । खरको छानो भएकै कारण यस क्षेत्रका १४ घर एकैसाथ जलेका हुन् । हात्तीखर्कमा जस्तापाता लगाएको घर जस्ताको तस्तै देख्न सकिन्छ भने खरको छानो भएका घर जलेका छन् ।

    सुक्खा बनेको छानोमा एक झिल्को पर्नासाथ ह्वारह्वारी आगो दन्किएको आठराई गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण बाँस्कोटाको भनाइ छ । ‘पाँच वटा घर जलिसक्दा म त्यहाँ (हात्तीखर्क) पुगेको थिएँ । देख्दादेख्दै सबै घर जले’, बाँस्कोटाले भन्नुभयो, ‘हामीसँग आगो नियन्त्रण गर्ने कुनै उपाय थिएन ।’ खरको छानो हटाउन नसक्दा ठूलो क्षति भएको उहाँको भनाइ छ ।

    जङ्गल छेउका बस्ती, खरको छानो र सुक्खाको संयोगले तमोर तटीय क्षेत्रमा हरेक वर्ष क्षति हुने गरेको छ । सोमबार मात्रै पाँचथरको कुम्मायक गाउँपालिका–१ साठीमुरे जङ्गलमा लागेको आगो यसरी नै बस्तीमा पस्दा स्थानीय वसन्तकुमार चाम्लिङ र छत्रबहादुर चाम्लिङको घर जलेर नष्ट भयो । यस्तै घटनाले बस्ती नै सखाप पारेको उदाहरण पाँचथरको कुम्मायक–५ स्याबरुम्बा र हिलिहाङ–७ पाखागाउँ पनि हुन् । केही वर्षअघि ती आगलागीमा यहाँका सिङ्गो बस्ती नै खरानी भएका थिए । हिलिहाङ–७ मा त जङ्गलमा लागेको आगोको लप्काले भेट्दा दुई जना स्थानीयवासीको ज्यान नै गएको थियो ।

    जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायब उपरीक्षक राजन चापागाईं जङ्गलमा आगलागी भएपछि छेउछाउका घर जोगाउन मुस्किल पर्ने बताउनुहुन्छ । ‘जङ्गलमा आगो लागे खबर गर्न अनुरोध गर्दै आएका छौँ । खबर आउनासाथ गएर निभाउछौँ पनि’, चापागाईंले भन्नुभयो, ‘कतिपय ठाउँमा भने आफैँलाई पनि जोखिम हुने अवस्था आउने रहेछ ।’सुक्खा ठाउँमा स्थानीयवासी नै सचेत हुनुको विकल्प नरहेको उहाँको भनाइ छ ।

    हात्तीखर्कको आगलागीको अवलोकन गर्नुभएका कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो सुक्खा क्षेत्रमा आगलागीबाट घरबार बचाउने सबैभन्दा उपयुक्त विकल्प नै खरको छानो हटाउनु आवश्यक रहेको बताउनुहुन्छ । ‘जस्तापातामा हत्तपत्त आगो नसल्किने रहेछ’, तुम्बापोले भन्नुभयो, ‘सकेसम्म जस्तापाता लगाउने प्रबन्ध गर्नु उपयुक्त देखिन्छ ।’

    आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम (लिम्बू) पनि हात्तीखर्कजस्ता क्षेत्रलाई आगलागीबाट बचाउने उपयुक्त विकल्प फुसको छानोमुक्त घर नै रहेको बताउनुहुन्छ ।

    यद्यपि कमजोर आर्थिक अवस्थाका कारण यस क्षेत्रका धेरै सर्वसाधारणले जस्तापाता लगाउन सकेका छैनन् । सरकारले विगतमा सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमले यस क्षेत्रका कतिपय घरमा जस्तापाता लगाइए पनि पूर्ण भने हुन सकेको छैन । जसका कारण जङ्गलमा लागेको आगोले निकै टाढाका घरगोठ जलाउने गरेको छ । रासस

    मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.