• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमसीसी पास नगर्न नौ दलले प्रधानमन्त्रीलाई भेटेरै दबाब दिने


  •   सोमबार, माघ २७, २०७६ मा प्रकाशित
  • काठमाडौं । एमसीसी र सीमा अतिक्रमण विरुद्ध नौ राजनीतिक दलले सडक संघर्षलाई निरन्तरता दिने भएका छन् । माघ २४ गते सातै प्रदेशमा संयुक्त विरोध सभा सम्पन्न गरेका नौ राजनीतिक दल तथा संगठनहरुले थप आन्देलनको कार्यक्रम घोषणा गरेका छन् ।

    Advertisement

    घोषित कार्यक्रम अनुसार प्रधानमन्त्री तथा सभामुखलाई भेटेर एमसीसी संसदबाट पारित नगर्न दबाब दिइनेछ भने विभिन्न जिल्लाहरुसहित राजधानीमा प्रदर्शनलाई निरन्तरता दिने कार्यक्रम छ । नौ दलको आइतबार सम्पन्न बैठकपछि नेकपा (माले) का महासचिव सीपी मैनालीले जारी गर्नुभएको विज्ञप्तिमा संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ ।

    बैठकले आगामी संयुक्त संघर्षलाई प्रभावकारी ढंगले अघि बढाउन निम्न अनुसारका निर्णयहरु लिएको छः

    १) भारतद्वारा अभिक्रमित र कब्जा गरिएको लिम्पियाधुरा–कालापानी–लिपुलेक भारतमा समावेस गरेर प्रचार गरिएको राजनीतिक नक्सालाई खारेज गरी नेपालले आफ्नो भूमि माथिको स्वामित्व लिने र नक्कली नक्सा बदर गर्ने तथा अमेरिकाद्वारा एमसीसी नेपालको संसदबाट पारित गराएर नेपाललाई रणमैदान बनाउन खोजेकोमा त्यसलाई खारेज गराउनका लागि माघ २४ गते नौ पार्टीद्वारा आयोजित संयुक्त संघर्षको कार्यक्रम सापेक्षित रुपमा सफल भएको बैठकले समीक्षा गरेको छ । संघर्षका कार्यक्रममा सहभागी सबै प्रति धन्यवाद ज्ञापन गरिएको छ ।

    २) उपरोक्त भारतीय अतिक्रमण तथा अमेरिकी हस्तक्षेपका विरुद्धमा संघर्ष गरिरहेका नेपाल मजदुर किसान पार्टी र ने क पा (संयुक्त)लाई पनि कार्यगत एकतामा आउनका लागि अनुरोध गर्ने । यसका साथै एमसीसी खारेज गर्न, लिम्पियाधुरा–कालापानी–लिपुलेक बचाउन अभियान संचालन गरिरहेका अभियन्ताहरुसँग संयुक्त कार्यक्रम संचालन गर्नका लागि सहकार्य गर्न प्रयत्न गर्ने निर्णय भएको छ ।

    ३) आगामी संयुक्त आन्दोलनको कार्यक्रम निम्न अनुसार तय गरिएको छ : (क) माघ २८ र २९ गते – डेलिगेसन गएर प्रधानमन्त्री र सभामुख सँग भेटी एमसीसी संझौता नगर्न र संसदबाट पारित नगर्न तथा भारतद्वारा अतिक्रमित नेपाली भूभागमा आफ्नो स्वामित्व कायम गर्नका लागि जोड दिने । (ख) फाल्गुण ३ गते – नेपालका सबै जिल्लाहरुमा उपरोक्त विषयहरुमा संयुक्त रुपमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने । यसको समयोजन प्रदेश समितिहरु मिलेर संयुक्त रुपले गर्ने छन् । (ग) फाल्गुण ५ गते – ललितपुर जिल्लाको लगनखेलमा बृहद् जन संवाद कार्यक्रम सचालन गर्ने । (च) फाल्गुण ८ – गते माइतीघरमण्डलाबाट ब्यानर र प्लेकार्ड सहित जुलुस प्रदर्शन गर्दै संसद भवन बाहिर पुगेर जन सभा गर्ने । (छ)देशको सार्वभौमिकता र अखण्डताको रक्षाका निमित्त आयोजना गरिएका उपरोक्त संघर्षका कार्यक्रमहरुमा सम्पूर्ण देशभक्त जनतालाई सहभागि बन्न अपिल गरिएको छ ।

    बैठकमा नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मालें)का महासचिव सी पी मैनाली, राष्ट्रिय जन मोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपा राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराँती, जन समाजवादी पार्टीका अध्यक्ष क.सुभाष काफ्ले र राष्ट्रिय जागरण परिषद, नेपालका संयोजक साध्य बहादुर भण्डारीको उपस्थिति रहेको थियो ।

    सोमबार, माघ २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.