सुर्खेत । रक्तिम सांस्कृतिक अभियान, सुर्खेतको पाँच दिने प्रशिक्षण सुरु भएको छ । शनिबार (२० फागुन) देखि लेकबेसीमा सुरु भएको प्रशिक्षणको उद्घाटन रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले गर्नुभयो ।
पाँच दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा प्रशिक्षक विजय घर्तीले नृत्यसम्बन्धी प्रशिक्षण दिनुहुनेछ भने कलाकारहरुलाई सैद्धान्तिकसँगै कला, साहित्य र संस्कृति सम्बन्धी प्रशिक्षण पनि दिने कार्यक्रम रहेको छ ।

रक्तिम सांस्कृतिक अभियान सुर्खेतका अध्यक्ष तविता ठाडाको अध्यक्षतामा सुरु भएको प्रशिक्षण उद्घाटनका अवसरमा राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश सदस्य पार्वती ठाडा, राष्ट्रिय जनमोर्चा सुर्खेत जिल्ला समितिका सदस्य भुपेन्द्र बहादुर नेपाली, अखिल नेपाल किसान संघ सुर्खेत जिल्ला अध्यक्ष प्रेम ठाडाको आतिथ्यता रहेको थियो ।
यस्तै, अतिथीको रुपमा राष्ट्रिय जनमोर्चा लेकबेसी नगर समिति सचिव हरि परियार, अखिल नेपाल युवक संघका डोहोन मिडुन, राष्ट्रिय जनमोर्चा २ नं वडा समितिका अध्यक्ष कर्ण बहादुर ठाडा, १नं वडा समितिका अध्यक्ष पाण्डब केसी, रक्तिम सांस्कृतिक अभियानका लुम्बिनी प्रदेश सदस्य तथा नृत्य प्रशिक्षक विजय घर्तीको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान जिल्ला समितिका कोषाध्यक्ष प्रेनिला ज्ञामीले स्वागत गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव विनिता ठाडाले गर्नुभएको थियो ।
नयाँ कलाकार उत्पादन गर्ने योजनासहित अघि बढेको रक्तिमले यसअघि दैलेखमा पनि सात दिने प्रशिक्षण सम्पन्न गरिसकेको छ ।
दैलेखमा रक्तिमको ७ दिने प्रशिक्षण समापन