• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राजमो अध्यक्ष केसी : राष्ट्रपति चुनावमा प्रतिगामीहरू निराश छन्


  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजमोले नेपाली काङ्ग्रेससित सहकार्य गरेकोमा प्रतिगामीहरू निराश भएको बताउनुभएको छ । उहाँले राजमोले काङ्ग्रेससित सहकार्य गरेर गलत भयो भन्नु प्रतिगामीहरूको निराशाजनक अभिव्यक्तिबाहेक केही नभएको पनि ठोकुवा गर्नुभयो ।

    Advertisement

    युगदर्शनसित प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– ‘पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई छोडेर पुन: प्रतिगमन विरोधी क्याम्पमा सामेल भएकोमा प्रतिगामी तत्त्वहरू निराश छन् । त्यसैले उनीहरू राष्ट्रपति चुनावको सन्दर्भमा राजमोले काङ्ग्रेससित सहकार्य गरेकोमा उफ्री उफ्री विरोध गरिरहेका छन् ।’

    उहाँले प्रचण्ड ओली क्याम्पमा मिलेपछि प्रतिगामीहरू खुसी भएको तर अहिले प्रचण्डले त्यो गल्ती सच्याएपछि उनीहरू निराश भएको बताउनुभयो । ‘गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले क्याम्पतिर गएपछि प्रतिगामीहरू खुबै खुसी भएका थिए’ अध्यक्ष केसी भन्नुभयो– ‘अहिले प्रचण्डले दुई महिना पुरानो गल्ती सच्याएर पुन: पाँचदलीय सहकार्यमा यथावत् सामेल भएपछि प्रतिगामी खेमामा रुवाबासी भएको छ । अनि निराश भएर राजमो पनि काङ्ग्रेसको पिछलग्गु भयो भनेर निराशा व्यक्त गरिरहेका छन् ।’

    यस्तो विरोध नयाँ होइन
    अध्यक्ष केसीले राजमोले काङ्ग्रेससित सहकार्य गरेको र त्यसबापत् नेकपा (मसाल) र राजमोको विरोध भएको अहिले नयाँ विषय नभएको बताउनुभयो । ‘अहिले मात्रै हो र हामीले काङ्ग्रेससँग सहकार्य गरेको ?’ उहाँले भन्नुभयो– ‘यसभन्दा अघि पहिलो राष्ट्रपतिको चुनावमा पनि त हामीले नेपाली काङ्ग्रेसका डा. रामवरण यादवलाई समर्थन गर्दा पनि राजमोको यस्तै प्रकारले चर्को विरोध भएको थियो ।’

    ‘त्यतिखेर पहिला नेपाली काङ्ग्रेसका गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने विषय उठेको थियो तर भारतलाई त्यो प्रस्ताव पाच्य भएन । गिरिजालाई राष्ट्रपति बनाउँदा भारतलाई अप्ठेरो हुने भयो । त्यसपछि भारतले माओवादीसित सल्लाह गरेर रामराजा प्रसाद सिंहलाई राष्ट्रपतिमा सिफारिस गरियो’ पहिलो राष्ट्रपति निर्वाचनको सन्दर्भ स्मरण गर्दै उहाँले भन्नुभयो– ‘त्यसपछि हामीले नेपाली काङ्ग्रेसको तर्फबाट राष्ट्रपतिका उम्मेदवार डा. रामवरण यादवलाई समर्थन गरेका थियौँ ।’

    त्यतिबेला राजमोले पत्रकार सम्मेलन गरेरै काङ्ग्रेसका डा. रामवरण यादवलाई राष्ट्रपतिमा निर्वाचित गराउन जोड दिएको अध्यक्ष केसीले स्मरण गर्नुभयो । ‘त्यतिबेला पनि प्रतिगामी, भारतीय साम्राज्यवादपरस्त र कतिपय हाम्रै पार्टीनजिक रहेकाले व्यक्तिहरूले त्यसको चर्को विरोध गरेका थिए’ उहाँले भन्नुभयो– ‘अहिले समयले सावित गरिसकेको छ, हाम्रो त्यो राजनीतिक निर्णय सही थियो ।’

    उहाँले दाबी गर्नुभयो– ‘अहिले पनि नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेललाई प्रतिगामी खतरालाई परास्त गर्ने सहकार्यअन्तर्गत राष्ट्रपतिको रूपमा समर्थन गर्ने हामी नीति सही छ र समयले यसलाई पनि सही सावित गर्नेमा हामी ढुक्क छौँ ।’

    ओलीदबाबका कारण प्रचण्ड सच्चिए
    राजमो अध्यक्ष केसीले पुस १० गते एमाले क्याम्पमा पुगेका प्रचण्ड ओलीको दबाबमा परेकै कारण दुई महिनामै युटर्न हुन बाध्य भएको बताउनुभयो । ‘सबैलाई थाह नै छ नि, पुसमा पनि प्रतिगमनको खतरा समाप्त भइसकेको थिएन । त्यसका विरुद्धको सहकार्य त्यति बेला पनि आवश्यक थियो तर प्रचण्डले मानेनन्’ उहाँले अगाडि भन्नुभयो– ‘तर ओलीले आफ्नो प्रतिगामी राजनीतिमाथि आधारित दबाबका कारण प्रचण्डलाई बसिनसक्नुभयो र उनी पुन: पाँचदलीय सहकार्यतर्फ फर्किए ।’

    केसीले भन्नुभयो– ‘पछिल्लो दुई महिनामा प्रचण्ड त कठपुतली प्रधानमन्त्री मात्रै थिए, वास्तविक प्रधानमन्त्री त ओली नै थिए नि । त्यो कुरा प्रचण्डले नबुझ्ने, महसुस नगर्ने कुरै भएन ।’

    जनप्रिय नेता केसीले गत दुई महिनामा सरकार सञ्चालन संयन्त्रको प्रमुखसमेत रहेका ओलीले प्रचण्डमाथि चरम दबाबमा राख्ने गरेको बताउनुभयो । ‘गृहमन्त्रीको प्रस· नै काफी छ नि’ उहाँले भन्नुभयो– ‘ओलीले साम्राज्यवादीहरूको स्वार्थअनुरूप रवि लामिछानेलाई गृहमन्त्री बनाउन सफल भए । रवि गृहमन्त्री बन्नलायक मान्छे हुन् र ? यत्रो देशमा रविबाहेक अरू गृहमन्त्री बन्नलायक कोही थिएनन् ? यसबाट प्रचण्ड झस्किए ।’

    केसीले अगाडि भन्नुभयो– ‘त्यति मात्रै कहाँ हो र ? सर्वोच्च अदालतले नागरिकतासम्बन्धी विवादमा उनको सांसद पद खारेज गरिदिएपछि पनि रवि छ महिनाभित्र सांसद बनेर आइहाल्छन्, फेरि गृहमन्त्री बनाऊँ भनेर अड्डी कसिरहे । धन्न प्रचण्डले त्यो दबाबलाई स्वीकार गरेनन् ।’

    ओली अहिले पनि प्रतिगामी दिशामा चलिरहेको उल्लेख गर्दै उहाँले प्रचण्ड पुन: पाँच दलतर्फ फर्किनु स्वागतयोग्य फैसला भएको अभिव्यक्ति दिनुभयो ।

    काङ्ग्रेस जनआन्दोलन उपलब्धिको पक्षधर
    अध्यक्ष केसीले काङ्ग्रेसका तमाम कमजोरी भए पनि ऊ लोकतन्त्र, गणतन्त्रका लागि लडिरहेको शक्ति भएको तथा तात्कालिक राजनीतिमा जनआन्दोलनका उपलब्धिको पक्षमा दृढतापूर्वक उभिएकाले ऊसित सहकार्य गर्नुपर्ने बाध्यता नेपाली राजनीतिमा रहेको बताउनुभयो । ‘हामीले काङ्ग्रेसलाई नचिनेको हो र ? काङ्ग्रेसका थुप्रा कमजोरीहरू छन् त, उसले पटक पटक राष्ट्रघात गरिसकेको छ’ उहाँले प्रश्न गर्नुभयो– ‘फेरि पनि अहिले गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्ने मुद्दामा काङ्ग्रेसलाई पाखा लाउन सकिन्छ त ? यसरी जनआन्दोलनका उपलब्धि गणतन्त्र र धर्म निरपेक्षताको रक्षा हुन्छ त ?’

    उहाँले संसद्को दोस्रो ठुलो दल एमाले नै प्रतिगमनको पक्षमा उभिएका कारण यस्तो बाध्यात्मक स्थिति आइपरेको बताउनुभयो । ‘संसद्को दोस्रो ठुलो दल एमाले प्रतिगमनको पक्षमा उभिएको छ । यस्तो अवस्थामा २०६२–६३ सालको जनआन्दोलनका उपलब्धिको रक्षाका लागि ऊसित सहकार्य हुने कुरा भएन’ पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका केसीले भन्नुभयो– ‘नेपाली काङ्ग्रेसका तमाम कमजोरी भए पनि उसले लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि लडेकै हो । अहिले पनि ऊ प्रतिगमनको विरुद्ध उभिएको छ । अनि, काङ््ग्रेसलाई बाइपास गरेर जान सकिन्न नि । त्यसकारण प्रतिगमनको विरुद्धमा काङ्ग्रेससहितको सहकार्य हुने नै भयो । यसमा कुनै पनि प्रकारको अन्यथा छैन ।’

    नाउपा र जनमत पार्टीको प्रस·
    राजमो अध्यक्ष केसीले राष्ट्रपति चुनावको सन्दर्भमा अहिले बनेको आठ दल मुख्यत: प्रतिगामी खतरालाई निस्तेज गर्न बनेको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी जस्ता दल यो सहकार्यमा सामेल भएको प्रस·मा उहाँले परिस्थितिको बाध्यतावश यस्तो भएको बताउनुभयो ।

    ‘राजमो, काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीले मात्रै राष्ट्रपति चुनावमा जित हासिल हुने स्थिति छैन’ उहाँले भन्नुभयो– ‘यस्तो अवस्थामा यदि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले प्रतिगमन विरोधी पाँच दलसँग सहकार्य गर्दछन् भने त्यसलाई अस्वीकार गर्ने कुरा भएन । यदि त्यसो गर्ने हो भने राष्ट्रपति चुनावमा प्रतिगमन विरोधी उम्मेदवारको विजय हुन्न ।’

    उहाँले अहिले एमाले, राजावादी तथा विदेशी प्रतिक्रियावादीहरू गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्षतालाई समाप्त पार्न लागिरहेका बेला त्यसका विरोधी शक्ति अर्थात् जनआन्दोलनको उपलब्धिका पक्षधर राजनीतिकि शक्तिहरू एकजुट हुनु स्वाभाविक भएको बताउनुभयो ।

    प्रतिगामी खतरा यथावत्
    अध्यक्ष केसीले प्रतिगामी खतरा अझै पनि यथावत् रहेको बताउनुभयो । ‘प्रतिगामी खतरा अझै यथावत् छ । तपाईंहरूलाई थाहै छ नि, एमालेका केन्द्रीय नेता दुर्गा प्रसाईंले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा झापाबाट अभियान थालेका छन्’ उहाँले अगाडि भन्नुभयो– ‘यस खालको प्रतिगामी क्रियाकलाप सबैभन्दा बढी ओलीबाटै भएको छ ।’

    एमालेलाई ओलीले प्रतिगामी दिशातर्फ हिँडालिरहेको जिकिर गर्दै राजमो नेता केसीले दुर्गा प्रसाईंको कदम उनको मात्र एक्लो नभएको बताउनुभयो । ‘दुर्गा प्रसाईंको जस्तो राजनीतिक विचार ओलीले अँगालेकै छन्’ उहाँले भन्नुभयो– ‘२०७७ सालदेखि यता उनले लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा जुन भूमिका खेलिरहेका छन्, त्यसबाट धेरै कुरा प्रष्ट हुन्छ । यसबारे धेरै छलफल गर्नुनपर्ला ।’

    उहाँले राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा नजाओस् भन्ने पूर्व राजा ज्ञानेन्द्रको इच्छा रहेको खुलासमेत गर्नुभयो । ‘पूर्व राजा ज्ञानेन्द्र लिङ्देनलाई तिमी सरकारमा नजाऊ बरु राजतन्त्र पुनस्र्थापनाका लागि आन्दोलन गर भनिरहेका थिए’ उहाँले भन्नुभयो– ‘तर लिङ्देनले विक्रम पाण्डे जस्ता ठेकेदारलाई मन्त्री बनाए ।’

    अध्यक्ष केसीको भनाइ थियो– ‘पूर्व राजा ज्ञानेन्द्र देशमा २०६२–६३ सालको उपलब्धि गणतन्त्र र धर्म निरपेक्षतालाई उल्ट्याएर हिन्दु राष्ट्र र राजतन्त्रको पुनस्र्थापना गर्न आतुर छन् ।’ उहाँले दुर्गा प्रसाईं, एमाले, राजावादी र भारतीय साम्राज्यवाद पनि देशमा प्रतिगमनको पक्षमा रहेको स्पष्ट पार्नुभयो । त्यस आधारमा उहाँले अहिलेको राजनीतिक परिस्थिति अत्यन्त गम्भीर भएको बताउनुभयो ।

    कालो बादल हटिसकेको छैन
    राजमो अध्यक्ष केसीले जनआन्दोलनका उपलब्धिको रक्षाको विषय अत्यन्तै गम्भीर भएको बताउनुभयो । २०१७ साल र २०५९ सालको प्रस· स्मरण गर्दै उहाँले भन्नुभयो– ‘२०१७ सालमा दलहरूको गल्तीका कारण नेपाली जनताले ३० बर्से निरङ्कुश पञ्चायती शासन ब्यहोर्नुपर्‍यो । २०५९ सालमा अहिलेकै काङ्ग्रेसको कमजोरीमाथि टेकेर शाही कू भएको थियो’ उहाँले भन्नुभयो– ‘अहिले फेरि त्यस्तै प्रकारको स्थिति देखा परेको छ । हामीले अहिले पनि इतिहासमा जस्तै गल्ती गर्नु हुँदैन । त्यसो गरियो भने २०६२–६३ सालको जनआन्दोलनका उपलब्धिहरू लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षता फेरि गुम्ने छन् ।’

    अहिले जनआन्दोलनमा सामेल एउटा दलले प्रतिगामी कदम उठाइरहेकाले परिस्थिति धेरै गम्भीर रहेको उहाँको भनाइ थियो । ‘मैले अघि नै भनेँ नि, संसद्को दोस्रो ठुलो दल नै प्रतिगामी दिशामा छ । यसैबाट बुझ्न सकिन्छ, देशमा जनआन्दोलनको उपलब्धि रक्षा गर्ने प्रश्न कति गम्भीर छ भनेर’ उहाँको भनाइ थियो ।

    उहाँले राष्ट्रपति निर्वाचनको सन्दर्भमा व्यक्तिभन्दा पनि राजनीति हेर्नुपर्ने बताउनुभयो । ‘सवाल सुभाषचन्द्र नेम्वाङको होइन’ उहाँले भन्नुभयो– ‘सवाल उनको पार्टीले अर्थात् एमालेले लिएको राजनीतिक लाइनको हो । त्यसरी हेर्दा व्यक्तिगत रूपमा रामचन्द्र पौडेल जस्तोसुकै भए पनि राजनीतिक चरित्रका हिसाबले नेपाली काङ्ग्रेस तमाम कमी–कमजोरीका बाबजुद गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्षताका लागि सङ्घर्ष गरेको पार्टी हो† यतिखेर त्यसको रक्षाका लागि उभिएको पार्टी हो† स्वयम् रामचन्द्र पौडेल त्यसका लागि सङ्घर्ष गरिहेका व्यक्ति हुन् ।’

    अध्यक्ष केसीले राजमोमाथि काङ्ग्रेसको पिछलग्गु भएको आरोपबाट आफूहरू कत्ति पनि विचलित नहुने बताउनुभयो । उहाँले ठोकुवा गर्नुभयो– ‘अहिलेको तात्कालिक राजनीतिक आवश्यकता २०६२–६३ सालको जनआन्दोनलको उपलब्धि लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नु हो । त्यसका लागि प्रतिगामी दिशा अपनाएको एमाले पक्षधर उम्मेदवारलाई होइन, आठदलीय गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउनुपर्दछ । यो नै तात्कालिक राजनीतिक सन्दर्भमा सही नीति हो ।’

    (युगदर्शन साप्ताहिक, वर्ष १४, अङ्क २३, २०७९ फागुन १७ गतेको ब्यानर)

    बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.