काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले आज मूल्य घटाएर पठाएको हो।
Advertisement
नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्यांकन गर्दै मूल्य घटबढ गर्ने सम्झौता छ।
जसअनुसार भारतले आज (१ तारिखमा) नयाँ मूल्य पठाएको हो। नयाँ मूल्यअनुसार खाना पकाउने एलपी ग्यासबाहेक सबै इन्धनको मूल्य घटेर आएको छ।
मूल्य घटेर आएपनि नेपाल आयल निगमले भने मूल्य नघटाउने भएको छ। खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जानकारी गराएको छ।
नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेल प्रतिलिटर पाँच रुपैयाँ, मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा, हवाइ इन्धन पाँच रुपैयाँले घटेर आएको छ।