प्युठान । अखिल (छैठौं) ले प्युठानको सबैभन्दा पुरानो क्याम्पस स्वर्गद्वारी बहुमुखी क्याम्पसको भेला सम्पन्न गरेको छ । भेलाले सुनिता भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय समिती चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रामबहादुर घर्ती मगर, सचिवमा सम्झना पछाँई, सहसचिवमा सरिता गिरी र कोषाध्यक्षमा पूर्णिमा ठेडिमगर चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा चेतना जिसि, रितु घर्तीमगर, कालिका घर्तीमगर, बिमला भण्डारी, हिमा भारती, सपना पुन मगर, दुर्गा एमसी, अंजली दसौदी, गंगा एमसी, फतिकला विश्वकर्मा, पूर्णिमा जिसि, रिमा घर्ती, मनिसा सुनार, वासना विष्ट, लाली थापा, लक्ष्मी सापकोटा, मनिसा रायमाझी लगाएत चयन हुनुभएको छ ।
भेलामा अखिल (छैठौं) का केन्द्रीय सदस्य चोपबहादुर विकले प्रशिक्षण दिनुभएको थियो । स्ववियु निर्वाचनको मिति नजिकिएसँगै प्युठान जिल्लाका सम्पूर्ण क्याम्पसहरुमा अखिल (छैठौं) ले महासचिव सुवाश जिसिको नेतृत्वमा संगठन निर्माण अभियान चलाएको छ ।
- प्युठानमा अखिल (छैठौं) को संगठन विस्तार जारी
- अखिल (छैठौं) को झिमरुक बहुमुखी क्याम्पसमा संगठन विस्तार
- गौमुखी बहुमुखी क्याम्पसमा अखिल (छैठौं) को समिति गठन