प्युठान । अखिल (छैठौं) गौमुखी बहुमुखी क्याम्पस, झिमरुकको भेला सम्पन्न भएको छ । अखिल (छैठौं) का महासचिव सुवाश जिसिको उपस्थितीमा भएको भेलाले रविन एमसीको अध्यक्षतामा ३७ सदस्यीय मुल इकाई समिति चयन गरेको छ ।
Advertisement
समितिको उपाध्यक्षमा रविना विक, सचिवमा रजत जिसि, सहसचिवमा निर्मला जिसि र कोषाध्यक्षमा सुनिल बस्नेत चयन हुनुभएको छ ।
समितिका सदस्यहरुमा क्रमश गीता जिसी, सिर्जना बस्नेत, सरिता केसी, विनिता एमसी, विन्दु पौडेल, प्रताप न्यौपाने, सर्मिला विक, विमला पोख्रेल, रविना श्रेष्ठ, निर्मला रोका, विकास केसी, सुवास थापा, कृष्ण जिसी, रेशम जिसी लगाएत रहनु भएको छ ।
भेलामा महासचिव सुवाश जिसिले देशको समसामयिक राजनीति, विद्यार्थी आन्दोलन, अखिल (छैठौं) र स्ववियु निर्वाचनको सन्दर्भमा प्रशिक्षण समेत दिनुभएको थियो ।