भरतपुर । चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै सकुशल उद्धार गरेको छ ।
Advertisement
खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो सोमबार नदीमा हाम फालेका थिए ।
सो बारे जनाकारी पाए लगत्तै नारयणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करीब १ किलोमिटर तल नदीको बीचबाट जिवितै उद्धार गरेको हो ।
उद्धार पश्चात उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको छ ।