काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । नाबालिग बलात्कार आरोपमा ठीक एक वर्षअघि गिरफ्तार भएका शाह आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएसँगै आज रिहा भएका हुन् ।
Advertisement
आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए ।
एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।
शाह ठीक एक वर्ष जेल बसेर आज रिहा भएका हुन् ।