• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

स्थानीय परिकार र दृश्यावलोकनका लागि बनौँ लेक


  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
  • खेमराज गौतम,गलकोट ।
    एक वर्षअघिसम्म गुमनाम रहेको बनौँ लेक अहिले चर्चामा छ । बनौँलाई आलु उत्पादनका हिसाबले मात्रै चिनेकाहरु अहिले पर्यटकीयस्थलका रुपमा चिन्न थालेका छन् । पर्यटकीय क्षेत्रको विकासका लागि अत्यावश्यक रहेको सडक पूर्वाधारको सहजताका कारण पछिल्लो एक वर्षमा सयौँ आन्तरिक पर्यटक बनौँ लेक पुगिसकेका छन् ।

    Advertisement

    अहिले बनौँँमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको पाइन्छ । बनौँमा आन्तरिक पर्यटक बढ्न थालेपछि पर्यटकलाई लक्षित घरी घरबास तथा विभिन्न होटलसमेत सञ्चालनमा आएका छन् । चिसो हावापानीसहित चिटिक्क परेको गाउँमा अहिले दृश्यावलोकन, जैविक परिकारको स्वाद तथा सूर्योदय हेर्नका लागि आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

    समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा रहेको बनौँमा एक वर्षअघि मात्रै कालोपत्र सडक पुगेपछि बागलुङ, पर्वत, म्याग्दी र काठमाडौँलगायतका क्षेत्रबाट आन्तरिक पर्यटक यहाँ आउन थालेका हुन् । बनौँमा आन्तरिक पर्यटक बढ्न थालेपछि भारतीय सेनाबाट अवकाश प्राप्त डम्मरबहादुर फगामीले ‘काकई सामइ घारबास’ समेत सञ्चालनमा ल्याउनुभएको छ । बनौँमा सडकको सहजतासँगै बढ्दै गएका आन्तरिक पर्यटकलाई लक्षित गरी आफूले नौ महिनादेखि घरबास सञ्चालनमा ल्याएको बताउनुभयो ।

    ‘पर्यटकलाई आउन सडक नै चाहिँदो रहेछ, जब एक वर्षअघि सडक कालोपत्र भयो, त्यसपछि यहाँ आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भयो, सामाजिक सञ्जालको प्रभावका कारणसमेत यहाँ आउनेको सङ्ख्या बढी छ, राजमार्गसँग जोडिएका बागलुङ, पर्वत र म्याग्दीको सदरमुकामबाटै एक÷डेढ घण्टाको यात्रामा बनौँ आउन सकिन्छ’, फगामीले भन्नुभयो, ‘रु ५० लाखको लगानीमा घरबास सञ्चालनमा ल्याएको हुँ, अहिले एक रातमा २० जनासम्म पाहुँना राख्ने क्षमता घरबासको छ ।’

    चौबिस वर्ष भारतीय सेनामा कार्यरत भई नायब सुबेदारबाट छ वर्षअघि अवकाश प्राप्त गरी गाउँ आउनुभएका फगामीले आफूलाई सहरको मोह नभएका कारण गाउँमै घरबास सञ्चालनमा ल्याएको बताउनुभयो । फगामीका अनुसार शुक्रबार र शनिबार आफ्नो घरबासमा पर्यटकको चाप हुने र अघिपछिको समयमा थोरै मात्र पाहुना आउने गर्दछन् ।

    फगामीको काकई सामइ घरबास जैविक परिकारका पारखीका लागि निकै राम्रो गन्तव्य बनेको छ । उहाँको घरबासमा लोकल कुखुरा, सिस्नो, कोदोको ढिँडो, गुन्दु्रक, मकै, भट्ट, आलु, जौको ढिडो र खसीको मासुलगायतका परिकारको स्वाद लिन पाइन्छ । यहाँ आउने पर्यटक सहर बजारको कोलाहल छल्न, हल्जुरेडाँडाबाट दृश्यावलोकन गर्न र देवीथान मन्दिर दर्शनका लागि आउने गरेको पाइन्छ । जलजला गाउँपालिका–९ स्थित बनौँ लेकमा सबैभन्दा बढी पर्यटक बागलुङबाट आउने गरेको उहाँको भनाइ छ । बनौँ गाउँमा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पछिल्लो समय घरबासका साथै अन्य होटलसमेत सञ्चालनमा आउन थालेका छन् ।

    चिसो हावापानीमा जैविक स्वाद लिँदै घरबासमा रमाउन बागलुङ बजारबाट बनौँ आउनुभएका आन्तरिक पर्यटक नारायण रिजालले बताउनुभयो । ‘सामाजिक सञ्जालमा अहिले बनौँ जाने लहडै चलेको देखे, बनौँका विषयमा धेरै चर्चा सुनेकाले छ जना साथीसहित बनौँ आएका हौँ’, उहाँले भन्नुभयो, ‘बेलुका घरबासमा जैविक परिकारको स्वाद लियौँ भने बिहानै देविथान रहेको डाँडामा पुगेर दृश्यावलोकनसँगै तीन जिल्लाको सदरमुकाम देख्यौ, निकै आनन्द आयो, अहिले गर्मी पलाईसकेको अवस्थामा यहाँ निकै चिसो हावापानी रहेछ ।’

    बनौँँ लेक पुगका पर्यटकले देवीथानको डाँडामा बनाइएको वनभोजस्थलमा टेन्ट हालेरसमेत बस्ने गरेका स्थानीय अमबहादुर गर्बुजाले बताउनुभयो । बनौँ लेकबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम बागलुङ, बेनी र कुस्मा बजार एकैसाथ देख्न सकिन्छ । हल्जुरेडाँडाबाट देखिने सूर्योदयले दार्जलिङको झल्को दिने गरेको त्यहाँ पुग्ने पर्यटकले बताएका छन् ।

    मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ–पर्वत खण्डको अर्मादीबाट एक घन्टामै पुग्न सक्ने स्थानमा रहेको बनौँ पुग्ने सडक कालोपत्र भएपछि चर्चामा आएको पर्यटकीय गन्तव्य हो । कला, संस्कृतिको धनी रहेको बनौँ गाउँमा मगर समुदायको बाहुल्यता छ । उनीहरुको मारुनी नाच र मगर बाजा यहाँको पहिचानसमेत हो । उच्च पहाडी भेगमा पर्ने बनौँ लेकमा उत्पादित आलु र निकै स्वादिष्ट हुने गरेको छ । बनौँ लेकबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायतका दर्जनौं हिमशृङ्खलासमेत देख्न सकिन्छ ।

    आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.