बागलुङ बजार । बागलुङमा राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाको प्रमुख आतिथ्यमा २०७९ फागुन १२ गते शुक्रबार सम्मेलन सम्पन्न भएको हो ।
केन्द्रीय सदस्य ढुङ्गानाले द्वीप प्रज्ज्वलन गरी सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
सम्मेलनको अवसरमा मन्तव्य राख्दै ढुङ्गानाले राष्ट्रिय जनमोर्चा मात्रै देशको एक मात्र सही राजनीतिक पार्टी भएको दाबी गर्नुभयो ।
देशको तात्कालिक राजनीतिमा राजमोको भूमिका मात्रै सही र सन्तुलित भएको बताउँदै उहाँले आफ्नो सङ्गठनलाई साङ्गठनिक रूपमा बलियो बनाउन सबै मिलेर योजनाबद्ध र सक्रिय पहलकदमी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सम्मेलनमा राजमो केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डे, जातीय समता समाजका केन्द्रीय सदस्य नरबहादुर सुनार, राजमो जिल्ला सचिव भीमलाल पोखरेल, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला उपाध्यक्ष दुर्गा भण्डारी र अखिल नेपाल महिला सङ्घ ढोरपाटन नगर अध्यक्ष धनकुमारी कुँवरले मन्तव्य राख्नुभएको थियो ।
दीपक थापाको अध्यक्षता तथा कुलबहादुर छन्त्यालको सञ्चालनमा अघि बढेको सम्मेलनको उद्घाटन शत्रमा उपस्थित जनसमुदायलाई तुलसीराम खरेल र रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।
सम्मेलनले दीपक थापा अध्यक्ष रहनुभएको २५ सदस्यीय राजमोको नगर समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष तमबहादुर घर्ती, सचिवमा तुलसी खरेल, सहसचिवमा निमकुमारी भण्डारी र कोषाध्यक्षमा धनकुमारी कुँवर रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा निमलाल पाण्डे, वीरबहादुर विक, भेसबहादुर खत्री, यमकुमारी विक, नारायण घर्तीमगर, हीराबहादुर खत्री, नरबहादुर सुनार, कुलबहादुर छन्त्याल, खड्क कुँवर, सोमलाल गौतम, निमकुमारी भण्डारी, सहबहादुर छन्त्याल, पनबहादुर विक, धनबहादुर अदै, पदमबहादुर घर्तीमगर र खुमबहादुर अदै रहनुभएको छ ।
एवम् प्रकारले समितिको वैकल्पिक सदस्यमा जमुना जैसी, दधिकला पाण्डे, कमला पाण्डे र मीना बुढा रहनुभएको छ ।