रवि शर्मा
सङ्घीयताको विरोध पहिले हामीले नै गर्यौँ
सङ्घीयता खारेज गर्न विरोध दर्ता पनि गर्यौँ
सातै प्रदेश सतहत्तर जिल्ला विरोधसभा गर्यौँ
संसदुमा पनि हामीले नै पहिले विरोध गर्यौँ
प्रवासमा पनि जनचेतना सुरुआत गर्यौँ
सङ्घीयता देशका लागि हानिकारक भन्यौँ
सङ्घीयताले आर्थिक सङ्कट निम्त्याउँदै गयो
राष्टियता र अर्थतन्त्र डामाडोल भयो
कार्यकर्ता पोस्ने नियत, विदेशीको मन्त्र
सङ्घीयताले धरापमा पार्यो लोकतन्त्र
सङ्घीयताले विकृतिको हुरी पैदा गर्यो
दुईचार जना नेताहरूको पकेट नि भर्यो
सङ्घयीता खारेज गर्ने विकल्पको बाटो
स्थानीय अधिकार विकेन्द्रीकरणको बाटो
योभन्दा राम्रो बाटो छैन देशमा अर्को
सङ्घीयता खारेज गर्न नमान अब झर्काे
जति छिटो सङ्घीयता खारेज गर्नुपर्छ
दिनदिनै यसको भार जनतालाई पर्छ
विकृति र विसङ्गति सङ्घीयताको फल
सङ्घीयता बचाउन नगरौँ कसैले बल
(फेब्रुअरी ७, २०२३)