काठमाडौं । नेपाल सरकारको कोष १ खर्ब २० अर्ब घाटामा रहेको छ । चालू आर्थिक वर्षको हालसम्म सरकारको कुल आम्दानी ५ खर्ब ६८ अर्ब रुपैयाँ मात्रै भएको छ भने खर्च ६ खर्ब ८८ अर्ब भैसकको छ ।
त्यसमा राजशवबाट आम्दानी जम्मा ५ खर्ब २९ अर्ब रुपैयाँ मात्रै रहेको छ ।
सरकारको खर्च भन्दा आम्दानी कमजोर बन्दा कोष ठूलो घाटामा पुगेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
महालेखाको यो तथ्याङ्कले सरकारको राजश्वले चालू खर्च धान्न धानिरहेको छैन ।
चालू आर्थिक वर्षको कुल खर्चमा विकास खर्च जम्म १८ प्रतिशत मात्रै भएको छ । चालू आर्थिक वर्षको ७ महिना सकिँदा विकास खर्च ३ खर्ब ८० अर्ब रुपैयाँ गर्ने भनिएपनि अहिलेसम्म ७० अर्ब रुपैयाँ भन्दा धेरै सरकारले विकास निर्माणमा खर्च गर्न सकको छैन ।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा ल्याएको कुल बजेटको आकार समेत घटाएको छ । आम्दानी कम हुँदै गएको र खर्च समेत कमजोर भएकोले चालू आर्थिक वर्षमा १४ प्रतिशत बजेटको आकार कम गरेको हो ।





