परासी । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ’ मूल नाराका साथ राष्ट्रिय जनमोर्चा बर्दघाट नगर समितिको आयोजनामा बर्दघाट हाटबजारमा कोणसभा सम्पन्न भएको छ ।
राजमो प्रदेश समितिका सदस्य तिलकप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा २०७९ माघ २७ गते शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सुवेदीले सङ्घीयताले देशलाई आर्थिक रूपले टाट पल्टाउनुका साथै मुलुकको राष्ट्रिय अखण्डतालाई समेत कमजोर बनाएको दाबी गर्नुभयो । ‘अन्तमा देशको अस्तित्व नै समाप्त पार्ने हुँदा जनदबाब सृजना गरेर जति सकिन्छ छिटो सङ्घीयता खारेज गर्नुको विकल्प छैन’ उहाँको भनाइ थियो ।
कोणसभालाई राजमो नवलपरासीका सल्लाहकार रेम राना, राजमो जिल्ला सदस्य तथा बर्दघाट नगरपालिका वडा नं ५ का वडासदस्य शोभाकान्त लामिछाने र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका प्रतिनिधि चुरामणि चालिसेले पनि सम्बोधन गर्नुभएको थियो ।
