धनगढी । नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन्।
Advertisement
प्रदेश प्रमुख देवराज जोशीले उनलाई बिहीबार साँझ मुख्यमन्त्री नियुक्त गरे। शाहले नियुक्त पत्र बुझेको कांग्रेस साँसद मेघराज खड्काले बताए।
संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।
बिहीबार नेकपा (एमाले) का नेतासमेत रहेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन नसकेपछि राजीनामा दिएका थिए ।