काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय कार्यसमिति खारेज भएको छ ।
Advertisement
विवादका कारण दुई समूहले छुट्टछुट्टै समानान्तर गतिविधि गरिरहेको क्रान्तिकारीको कार्यसमितिलाई माउ पार्टी माओवादीले खारेज गरेको हो ।
माघ १२ देखि २२ सम्म बसेको स्थायी समिति बैठकले पञ्चा सिंह नेतृत्वको अनेरास्ववियू खारेज गर्दै आयोजक कमिटी बनाउने निर्णय गरिएको हो।
सिंह २०७८ असोज १७ गते अखिल क्रान्तिकारीको अध्यक्ष निर्वाचित भएकी थिइन्। सिंहलाई अध्यक्ष बनाएको भन्दै असन्तुष्ट पवन कार्कीले समानान्तर समिति चलाउँदै आएका थिए। उनले गत १८ असारमा नयाँ कमिटी घोषणा गरेका थिए।
स्थायी समिति बैठकले सो समानान्तर समिति पनि खारेज गरिदिएको छ।