जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) एउटा मन्त्रालय लिएर मधेश सरकारमा सामेले भएको छ । माओवादी सहभागी भएसँगै मधेश सरकार मन्त्रिपरिषदले पूर्णता पाएको छ। माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालयल लिएको हो ।
सुनिता यादवले सो मन्त्रालयमा मन्त्री र रहबर अन्सारीले राज्यमन्त्री पदको शपथ लिएका छन् ।
सुनिता धनुषाबाट समानुपातिक प्रदेससभा सदस्य हुन् भने अन्सारी पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को (क)बाट निर्वाचित प्रदेससभा सदस्य हुन्।
मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
यसअघि मुख्यमन्त्री सरोज यादवले गत पुस २९ गते तीनजना मन्त्री शपथ लिएका थिए भने गत माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्रीलाई सरकारमा शामिल गराएर मन्त्रीमण्डल विस्तार गरेका थिए।
अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र ४ राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रिमण्डल बनेको छ। मधेश सरकारमा एमाले, जसपा, जनमत र माओवादी केन्द्र सहभागी छन्।