• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङ ढोरपाटनमा रक्तिमको सम्मेलन सम्पन्न


  •   आइतबार, माघ २२, २०७९ मा प्रकाशित
  • जित क्षेत्री, बागलुङ बजार ।
    रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगरपालिकाको प्रथम नगर सम्मेलन बुर्तिबाङमा २०७९ माघ २१ गते शनिबार सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय सचिव तथा जिल्ला अध्यक्ष सहबिन अर्गेजाको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।

    प्रमुख अतिथि अर्गेजाले द्वीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले राष्ट्र«, जनता र क्रान्तिको लागि रक्तिम सांस्कृतिक अभियानले गीत र नृत्यमार्फत प्रस्तुत गर्दै आएको बताउनुभयो ।

    २०४३ चैत २६ गते स्थापना भएको यस सङ्गठनले धेरै किसिमका आरोह–अवरोह तथा समस्यालाई समाधान गर्दै आफ्नो यात्रालाई अगाडि बढाएको उहाँको भनाइ थियो ।

    ‘वैचारिक र सङ्गठनात्मक रूपले सही दिशामा अगाडि बढाउन पहिले यसको बारेमा स्पष्ट हुन जरुरी हुन्छ’ उहाँले भन्नुभयो– ‘कतिपय मानिसहरू वैचारिक स्पष्टता नहुँदा अन्योलनमा रहेका छन् र यसमा अनुशासनको पनि निकै जरुरी रहन्छ ।’

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरिश्वर पाण्डेले मन्तव्य राख्दै देशमा घटेका घटना र पीडालाई रक्तिमले गीत र नृत्यमार्फत प्रस्तुत गर्दै आएको बताउनुभयो ।

    कथित ठुला दलले सङ्घीयतालाई हाबी बनाएको र आफूले वर्षौदेखि त्यसको विरोध गरिरहेको उहाँको भनाइ थियो । सङ्घीयताको खारेजी र गणतन्त्रलाई संस्थागत गर्न, देश र समाजलाई सुन्दर बनाउन रक्तिम सांस्कृतिक अभियानको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।

    राजमो ढोरपाटन नगर अध्यक्ष तथा जिल्ला सदस्य दीपक थापाले रक्तिमले पार्टीलाई सङ्गठित क्षेत्रबाट सहयोग गरिरहेको बताउनुभयो । प्रतिगामी शक्तिहरूले संस्कृतिको विरुद्ध खिचातानी गरिरहेको र साम्राज्यवादी शक्तिलाई देशमा प्रवेश गराई निरन्तर आक्रमण गरेको आरोप लगाउनुभयो ।

    कार्यक्रममा रक्तिमका कलाकारले जनवादी गीतसङ्गितको माध्यमबाट नृत्य प्रस्तुत गर्नुभएको थियो भने साविक खुङ्गा गाविसका पुरानो वामपन्थी नेता टकबहादुर अर्गेजालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    कार्यक्रममा अखिल (छैठौँ) का केन्द्रीय सदस्य विमल पाण्डे, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य धनबहादुर कुँवर, जातीय समता समाजका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नरबहादुर सुनार, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला उपाध्यक्ष दुर्गाबहादुर भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सो अवसरमा राजमो जिल्ला सदस्य धनबहादुर अदै, अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य पवित्राकुमारी छन्त्याल, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य टीकाबहादुर पुनलगायत जनप्रतिनिधि, पत्रकारको उपस्थिति रहेको थियो ।

    सम्मेलनले झकप्रसाद श्रेष्ठ अध्यक्ष रहनुभएको ११ सदस्यीय पालिका समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अविन महत, कोषाध्यक्षमा सुधा घर्ती, सचिवमा रामबहादुर अर्गेजा तथा सदस्यहरूमा सावित्रा दर्जी, रुनमाया बुढा, केशव सिर्पाली, पुरन कुँवर र सविना कुँवर रहुनुभएको छ । सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।

    सम्मेलन रक्तिम ढोरपाटन नगर अध्यक्ष झकप्रसाद श्रेष्ठको अधयक्षता, रक्तिम नगर उपाध्यक्ष अविन महतको स्वागत र कुलबहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    आइतबार, माघ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.