• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

तीन वर्षमा सक्नुपर्ने काम नौ वर्षमा


  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित
  • गलकोट । बागलुङको धौलागिरि अस्पताल भवन निर्माण सुरु भएको नौ वर्षपछि बल्ल पूरा हुनेभएको छ । विसं २०७० मा आशिष/मिलेनियम र भीमज्योति जेभीले तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

    Advertisement

    निर्माण कम्पनीको लापरबाहीका कारण सम्झौताको नौ वर्षमा पनि सम्पन्न हुन नसकेको हो ।

    निर्माण कम्पनीले रू १० करोड छ लाखमा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा लिएको थियो । अस्पतालको दुईवटा भवन समयमै निर्माण गरे पनि ‘सी’ ब्लक बनाउन ढिला हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित बनेको छ । भवन बनाउन ठेकेदार कम्पनीले चार पटक म्याद थप्नु परेको थियो । कम्पनीका प्रतिनिधि केही समय सम्पर्कविहीन भएपछि भवन निर्माणमा समय लागेको अस्पतालले जनाएको छ ।

    निर्माण व्यवसायी र सघन सहरी तथा भवन निर्माण आयोजनाबीच बिल भुक्तानीका विषयमा समस्या भएपछि निर्माण सम्पन्नको अन्तिम चरणमा पुगे पनि भवन हस्तान्तरण हुन नसकेको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिनुभयो ।

    ‘भवन सम्पन्न गर्न धैरै समय लाग्दैन, रङ्ग रोगनको काम मात्रै बाँकी छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार ठेकेदारले पुरानो भुक्तानी नपाएका कारण भवन हस्तान्तरणमा ढिलाइ भएको हो ।

    चालिस कोठाको भवन निर्माणका क्रममा अस्पतालको जग्गा, विद्युत् पोल तथा कोरोनाजस्ता कारण देखाउँदै निर्माण कम्पनीले निर्धारित समयभन्दा छ वर्ष ढिला काम सम्पन्न गरेको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख इञ्जिनीयर सुनिता श्रेष्ठले जानकारी दिनुभयो ।

    “निर्माण व्यवसायीको पुरानो भुक्तानी बाँकी रहेकाले अर्थ मन्त्रालयमा पत्र पठाएका छौँ, बजेट अभाव भएको छ । भवन निर्माण अन्तिम चरणमा पुगेको छ”, श्रेष्ठले भन्नुभयो– “एक महिनाभित्र भवन हस्तान्तरण गर्छौँ ।”

    धौलागिरि अस्पतालका अनुसार जिल्ला अस्पतालबाट ५० शय्यामा रुपान्तरण भएपछि थप भवन निर्माण थालिएकामा निर्माण सम्पन्न नहुँदै २०० शय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकारले योजना अघि बढाएको हो । गण्डकी प्रदेश सरकारले दुई सय शय्याको अस्पताल बनाउन विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरिसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो ।

    विसं २०६४ मा निर्माण सुरु भएको ‘ए’ ब्लक समयमै सम्पन्न भएको थियो भने २०६६ सालमा निर्माण सुरु भएको ‘बी’ ब्लक भने दशवर्षमा सम्पन्न भएको थियो । ‘सी’ ब्लक भवन समयमा नै निर्माण नहुदा प्रशासनीक सेवा जीर्ण भवनबाट सञ्चालन हुँदै आएको छ भने अस्पतालमा चमेनागृह छैन ।

    कोरोना संक्रमणका बेला अस्पताललाई भवन अभावका कारण समस्या परेको थियो । नवनिर्मित भवनबाट सेवा सञ्चालन हुनथालेपछि भौतिक संरचनाको अभाव अन्त्य हुने अस्पतालले जनाएको छ । रासस

    आइतबार, माघ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन
    अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • २.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ३.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ४.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ५.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ६.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ७.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ८.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.