• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

देशले सङ्घीयता धान्न सक्दैन, खारेज गरौँ : सांसद थापा


  •   शनिबार, माघ १४, २०७९ मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सांसद तारा थापाले देशले अब सङ्घीयता धान्न नसक्ने बताउनुभएको छ ।

    Advertisement

    राजमो रुपन्देहीको आयोजनामा व्यापारिक केन्द्र बुटवलमा २०७९ माघ १४ गते शनिबार आयोजित सङ्घीयता खारेजी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘देशले अब सङ्घीयता धान्न सक्दैन’ उहाँले अगाडि भन्नुभयो– ‘अब पनि सङ्घीयता यथावत् राखिराख्ने हो भने देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता नै गुम्ने छ ।’

    सम्बोधनको क्रममा उहाँले सङ्घीयताको सन्दर्भमा राजावादी र राष्ट्रिय जनमोर्चाको लाइन फरक रहेको उल्लेख गर्नुभयो ।

    ‘राष्ट्रिय जनमोर्चाको रणनीतिक उदेश्य नयाँ जनवाद हुँदै समाजवाद, साम्यवाद रहेको छ’ उहाँले भन्नुभयो– ‘तर राप्रपाको उद्देश्य राजतन्त्र फर्काउनु रहेको छ ।’

    सम्बोधनको क्रममा उहाँले देशको राष्ट्रिय जनमोर्चा मात्रै देश र जनताको एक मात्र भरपर्दो पार्टी भएको दाबी गर्नुभयो ।

    सभामा अर्का अतिथि राजमो नेता वासुदेव पोख्रेलले देशको राजनीति अहिले जडिल मोडमा पुगेको बताउनुभयो ।

    ‘अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले नेपालका ठुला पार्टीमार्फत आफ्ना एजेन्डा लागु गराउन नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप गरेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘एमसिसीको माध्यमबाट नेपालमाथि सैन्य सक्रियता बढाएर चीन विरुद्ध हमला गर्ने योजनामा अमेरिका छ ।’

    पोख्रेलले नेपालमा सङ्घीयता राष्ट्रियता, अर्थतन्त्र, जनसंख्या र भौगोलिक अवस्थितिका कारणले आवश्यक नरहेको बताउनुभयो ।

    दुई ठुला देशको बिचमा भौगोलिक आकारका हिसाबले सानो देश नेपाल रहेको उल्लेख गर्दै उहाँले नेपालमा सङ्घीयता उचित नरहेको दाबी उहाँको थियो ।

    देशमा प्रतिगामी खतरा अझै पनि कायम रहेको उहाँको भनाइ थियो । गणतन्त्र र धर्म निरपक्षताको रक्षा गर्न दबाबमूलक कार्यक्रम गरिरहनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष बद्रे आलमले देशमा भ्रष्टाचार व्याप्त भएकाले त्यसका विरुद्ध आम नागरिक जाग्नुपर्ने बताउनुभयो ।

    कार्यक्रम राजमो जिल्ला उपाध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता, जिल्ला कोषाध्यक्ष् केपी पोख्रेलको स्वागत र राजमो जिल्ला सचिव टानबहादुर केसीको सञ्चालनमा अगाडि बढेको थियो ।

    विरोधसभाको क्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारले जनवादी गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    शनिबार, माघ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.