काठमाडौँ । सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकताप्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको हो ।
कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो ।
सर्वोच्च अदालतमा रिट परेपछि प्रधानमन्त्रीको कार्यालय, मन्त्रिपरिषद्, गृह मन्त्रालय, प्रतिनिधि सभा, महान्याधिवक्ताको कार्यालय, निर्वाचन आयोग र काठमाडौँ जिल्ला प्रशासन कार्यालयसमेत रवि लामिछानेको पक्ष लिएका थिए ।
सांसद पद खारेजीसँगै उनको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि स्वत: खारेज भएको छ ।
यस्तो छ, सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ :
