नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रालिको संयुक्त आयोजनामा व्यापार मेला सुरु भएको हो ।
आज (माघ १०) देखि माघ २४ गतेसम्म नेपालगञ्ज डिभिजन कार्यालय कारकादो परिसरमा प्रादेशिकस्तरीय ‘चौथो प्रादेशिक औद्योगिक, लघु घरेलु तथा कृषि प्रविधि व्यापार एवम् पर्यटन महोत्सव २०७९’ सञ्चालन हुने आयोजकले जनाएका छन् ।
‘समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ भन्ने मूल नाराका साथ कार्यक्रम सुरु भएको हो । कार्यक्रम उद्घाटनको अवसरमा धम्बोझी चोकदेखि महोत्सब स्थलसम्म विभिन्न झाँकीसहित र्याली आयोजना गरिएको छ ।
महोत्सवमा मुख्य प्रयोजकमा ट्रिटेक इस्टिल इन्डष्ट्रिज रहेको छ भने क्रमशः उपमुख्य प्रायोजकमा मेरो प्लानेट, सह(मुख्य प्रायोजकमा र भुसाल ग्रुप, प्रायोजकमा होटल स्टार लाइट, पावर महिन्द्रा, सहप्रायोजकहरुमा स्कल्याण्ड हस्पिटल, होटर सीताराम गेस्ट हाउस, देभिना हॉस्पटल, मेडिकल पार्टनरमा एचसिआरसि हस्पिटल, इन्सुरेन्समा पार्टरन नेको इन्सुरेन्स लि इन्टरनेट पार्टनरमा भाएनेट, स्कीन पार्टनरमा नेपालगन्ज स्कीन सेन्टर, ब्युटी पार्टनरमा आसिम शैलुन मिडिया पार्टनरमा दैनिक नेपालगन्ज, नायल खबर, नेपालगन्ज ग्यालरी, जि टिभी, साहरा टिभी खबर रहेका छन् ।
विगत केही वर्षदेखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहे परिस्थितिलाई मध्यनजर गर्दै यो महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा १२ जिल्लाका उद्यमीहरुको उत्पादन गरेको वस्तुलाई पहिलो प्राथमिकता तथा स्थानीय वस्तुलाई पनि प्राथमिकता दिइएको छ । महोत्सव अवधिमा करिब २ करोडभन्दा बढी कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा प्रवेश शुल्क ६० रुपैयाँ र विद्याथीलाई ५० रुपैयाँ निर्धारण गरिएको छ । महोत्सवमा विभिन्न अन्तर्राष्ट्रिय र स्थानीय उत्पादन, थारु होमस्टे र थारु गाउँसमेत समावेश गरिएको छ । यस्तै, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । महोत्सबभित्र टिकटक प्वाइन्टसमेत रहनेछ ।
महोत्सवमा करिब २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सबको उद्घाटन लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले गर्ने कार्यक्रम छ ।