• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकार र सत्तारूढ पार्टीको भूमिकाबाट लोकतान्त्रिक गणतन्त्र खतरामा

उद्घोषण विधामा समष्टी बुढा सम्मानित

पत्रकारलाई ज्यान मार्ने धम्की दिने अभियुक्त अझै पक्राउ परेन

संस्कृति र तेजस्वी सेमिफाइनलमा

हेराल्ड र सिसीआरसी विजयी

एनबिएफए र मित्रश्री पाठशाला फाइनलमा

तारानाथ शर्मा र सरस्वती शर्मालाई मूलप्रवाहले गर्‍यो स्वदेश विदाई

भिवाडीमा मूल पहलमा भुमा देवीको अन्त्येष्टि

सरकारसँग वार्तामा बसेका हिन्दू अगुवा रासपाकै नेता भएको खुलासा

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ५. राज्यसत्ता

  • ६. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ७. गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

  • ८. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ९. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • १०. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

प्रतिगमन विरुद्धको सङ्घर्ष सिद्धिएको छैन


  •   सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    हामीलाई लाग्छ, प्रतिगमनका विरुद्धको सङ्घर्ष सिद्धिएको छैन । चुनावमा हाम्रो प्रतिगमनमाथि विजय भएको थियो । प्रतिगमनलाई बहुमत प्राप्त भएको थिएन । त्यसका साथै गठबन्धनलाई पनि बहुमत प्राप्त भएको थिएन तर चुनावपछि प्रतिगमनका विरुद्धको सङ्घर्षले नयाँ चरणमा प्रवेश गरेको छ । त्यो नयाँ चरण के हो ?

    Advertisement

    अहिले प्रचण्डको नेतृत्वमा नयाँ गठबन्धन सरकार कायम भएको छ । त्यो सरकारमा प्रचण्ड प्रधानमन्त्री छन् तर उनी कठपुतली प्रधानमन्त्री हुन् । सरकारका सबै प्रमुख मन्त्रालयमध्ये एउटा पनि उनको वा माओवादीको साथमा छैन । त्योबाहेक पहिले ओलीले संविधानले नचिनेको भनेर विरोध गरेको ‘सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय संयन्त्र’ पनि ओलीको नेतृत्वमा बनेको छ र त्यसको माध्यम, संसद्मा एमालेका सांसद तथा राजावादी र अमेरिकनपरस्त तत्त्वसमेतको समर्थनद्वारा उनले प्रधानमन्त्रीमाथि पूरै नियन्त्रण गर्ने छन् ।

    कुरा त्यहीँसम्म मात्र सीमित छैन । उनले संसद्मा आफ्नो सभामुख बनाएर तथा राष्ट्रपतिसमेत आफ्नो मान्छे बनाएर सरकारमाथि पूरै नियन्त्रण गर्ने मात्र होइन, त्यसलाई अधिनायकवादी प्रकारले सञ्चालन गर्ने र कुनै पनि बेला संसद्लाई भङ्ग गर्ने उद्देश्यले काम गर्न सक्ने कुरालाई समेत बुझ्न गार्‍हो पर्दैन । त्यसका साथै अमेरिकाद्वारा सञ्चालित र कानुनी रूपले नेपालको नागरिकसमेत नभएको व्यक्तिलाई उनले जुन महत्त्वपूर्ण मन्त्रालय सुम्पेका छन्, त्यसको परिणाम कति गम्भीर हुने छ ? त्यो कुरा बुझ्न गार्‍हो पर्दैन ।

    अहिले प्रचण्डको नेतृत्वमा नयाँ गठबन्धन सरकार कायम भएको छ । त्यो सरकारमा प्रचण्ड प्रधानमन्त्री छन् तर उनी कठपुतली प्रधानमन्त्री हुन् ।

    देशमा जुन प्रकारको राजनीतिक घटनाक्रमको विकास भएको छ, त्यसको परिणामस्वरूप अहिलेको सरकारको ओलीको नेतृत्वको सरकार—रूपमा त्यो प्रचण्डका नेतृत्वको सरकार जस्तो देखिए पनि सारमा त्यो ओलीको नेतृत्वको नै सरकार हो—का विरुद्धको सङ्घर्ष पहिलेभन्दा कैयौँ गुणा बढी आवश्यक हुन गएको छ किनभने ओलीको नेतृत्वको सरकारमा राजावादी, भारतपरस्त र अमेरिकन साम्राज्यवादी आदि सबै तत्त्वको जमघट भएको छ । त्यसैले त्यो सरकारको नेतृत्वमा प्रतिगमन वा साम्राज्यवादको हस्तक्षेपको खतरा पहिलेभन्दा कैयौँ गुणा बढेको छ ।

    त्यसैले वर्तमान सत्ता गठबन्धनको तर्फबाट सभामुख, उपसभामुख, राष्ट्रपति वा उपराष्ट्रपतिसमेतका लागि उठ्ने उम्मेदवारको विरोध राष्ट्रिय आवश्यकता भएको छ । ती सबै महत्त्वपूर्ण पदहरू अहिलेको सत्ता गठबन्धनका हातमा पुग्नु देशका लागि गम्भीर खतराको कुरा हुने छ । त्यसैले उक्त पदमा सत्ता गठबन्धनका तर्फबाट खडा हुने सबै उम्मेदवारको विरोध गर्ने हाम्रो पार्टीको नीति रहेको छ । ती पदमध्ये सभामुख र उपसभामुखको चुनाव समाप्त भइसकेको छ र ती दुबै पदमा वर्तमान सत्ता गठबन्धनको विजय भइसकेको छ । अन्य बाँकी दुईओटा पदमा पनि पुन: सत्ता गठबन्धनको नै विजय भयो भने देशमा उनीहरूको नै संवैधानिक एकाधिकार कायम हुने छ र त्यसबाट देशमा गम्भीर प्रकारको अनिष्ट हुने छ । त्यसैले अहिले ओलीले लगातार राष्ट्रपतिमा आफ्नो उम्मेदवार खडा हुने र त्यसैको पक्षमा राष्ट्रिय सहमति हुने कुरामा जोड दिइरहेका छन् । त्यसैले अब बाँकी रहेका राष्ट्रपति र उपराष्ट्रपतिका दुबै पदमा सत्ता गठबन्धनका उम्मेदवारको विरोध गर्ने हाम्रो नीति हुने छ ।

    सभामुख र उपसभामुखको चुनाव समाप्त भइसकेको छ र ती दुबै पदमा वर्तमान सत्ता गठबन्धनको विजय भइसकेको छ । अन्य बाँकी दुईओटा पदमा पनि पुन: सत्ता गठबन्धनको नै विजय भयो भने देशमा उनीहरूको नै संवैधानिक एकाधिकार कायम हुने छ र त्यसबाट देशमा गम्भीर प्रकारको अनिष्ट हुने छ ।

    सभामुख र उपसभामुखको चुनावमा हामीले नेकाका उम्मेदवारलाई भोट दिएको विषयमा कैयौँ प्रश्न उठ्ने गरेका छन् वा आपत्ति पनि प्रकट गर्ने गरिएको छ । सभामुख वा उपसभामुखको चुनावमाको उम्मेदवार थियो भन्ने कुराभन्दा मुख्य कुरा यो हो : ती उम्मेदवारहरू एमाले वा सत्ता गठबन्धन, जसका कारणले आज प्रतिगमन मात्र होइन, साम्राज्यवादको पनि गम्भीर खतरा पैदा भएको छ, का विरुद्ध उठेका थिए । त्यसकारण नेपाली काङ्ग्रेसका तर्फबाट उठेको भए पनि ती दुबै उम्मेदवारलाई समर्थन गर्नु हाम्रो सही नीति थियो ।

    राष्ट्रपति वा उपराष्ट्रपतिको चुनावमा पनि हाम्रो त्यही प्रकारको नीति हुने छ । २०४६ साल, २०६२–६३ साल र ओलीको नेतृत्वको प्रतिगमनका विरुद्ध पनि नेकासित हाम्रो कार्यगत एकता वा सहकार्य हुने गरेको छ । अहिले सभामुख, उपसभामुखको चुनावमा पनि हामीले त्यही नीतिलाई निरन्तरता दिएका छौँ र आगामी राष्ट्रपति, उपराष्ट्रपतिको चुनावमा पनि हाम्रो त्यही नीति कायम रहने छ ।

    आजको देशको राजनीतिक स्थितिमा वर्तमान सत्ता गठबन्धनको सरकारबाट कति गम्भीर खतरा छ ? जसले त्यो कुरालाई ठिकसँग बुझ्न सकेका छैनन्, उनीहरूले नै हाम्रो त्यो नीतिको विरोध गर्न सक्दछन् ।

    अहिले सभामुख र उपसभामुखको चुनावमा वर्तमान सत्ता गठबन्धनको विजय भइसकेको छ । यदि राष्ट्रपति र उपराष्ट्रतिमा पनि उनीहरूको विजय हुन्छ भने त्यसबाट गणतन्त्र र राष्ट्रियतासमेत माथि हुने सम्भावित खतराप्रति हामीले सम्पूर्ण देश र जनताको गम्भीर ध्यानाकर्षण गर्न चाहान्छौँ ।

    हामीले अहिले नेकाका उम्मेदवारको समर्थन गरे पनि त्यसको अर्थ नेकासँग हाम्रो पूरै एकता हुन्छ भन्ने होइन । देश र जनताका बृहत्तर हितमाथि ध्यान दिएर नै हामीले उनीहरूको समर्थन गरिरहेका छौँ र त्यसका साथै उनीहरूद्वारा अपनाइने कुनै गलत नीतिको पनि सम्झौताहीन प्रकारले विरोध गर्ने हाम्रो नीति हुने छ । गतकालमा उनीहरूका गलत नीतिका विरुद्ध सङ्घर्ष गरेको हाम्रो लामो इतिहास छ । त्यही प्रकारले एमाले र माओवादीका विरुद्धमा पनि हामीले कडा सङ्घर्ष गर्दैै आएका छौँ तर राष्ट्रिय आवश्यकताअनुसार हामीले उनीहरूसित कार्यगत एकता र सहकार्य पनि गर्दै आएका छौँ । हाम्रो त्यही प्रकारको नीति नेकाप्रति पनि रहने गरेको छ ।

    अहिले सभामुख, उपसभामुखको चुनावमा पनि हामीले त्यही नीतिलाई निरन्तरता दिएका छौँ र आगामी राष्ट्रपति, उपराष्ट्रपतिको चुनावमा पनि हाम्रो त्यही नीति कायम रहने छ ।

    हाम्रो यस प्रकारको संयुक्तमोर्चाको नीति कुनै पनि पूर्वाग्रहमाथि आधारित नभएर राष्ट्रिय आवश्यकताअनुसार निर्धारित हुन्छ । यो संयुक्तमोर्चासम्बन्धी हाम्रो द्वन्द्वात्मक नीति हो । जसले देशको राजनीति वा विभिन्न राजनीतिक शक्तिबारे पूर्वाग्रहयुक्त वा अधिभूतवादी दृष्टिकोण अपनाउँछन्, उनीहरूका लागि नै संयुक्तमोर्चासम्बन्धी हाम्रो द्वन्द्वात्मक नीतिलाई बुझ्न सम्भव हुँदैन । बताइरहनुपर्ने आवश्यकता छैन कि हाम्रो संयुक्तमोर्चासम्बन्धी त्यस प्रकारको द्वन्द्वात्मक नीतिको लामो र गौरवपूर्ण इतिहास रहेको छ ।

    (लेखकको फेसबुक वालबाट)

    सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकार र सत्तारूढ पार्टीको भूमिकाबाट लोकतान्त्रिक गणतन्त्र खतरामा
    सरकारसँग वार्तामा बसेका हिन्दू अगुवा रासपाकै नेता भएको खुलासा
    बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला
    सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ
    आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
    गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ५.
      राज्यसत्ता

    • ६.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    भर्खरै

    • १.
      सरकार र सत्तारूढ पार्टीको भूमिकाबाट लोकतान्त्रिक गणतन्त्र खतरामा

    • २.
      उद्घोषण विधामा समष्टी बुढा सम्मानित

    • ३.
      पत्रकारलाई ज्यान मार्ने धम्की दिने अभियुक्त अझै पक्राउ परेन

    • ४.
      संस्कृति र तेजस्वी सेमिफाइनलमा

    • ५.
      हेराल्ड र सिसीआरसी विजयी

    • ६.
      एनबिएफए र मित्रश्री पाठशाला फाइनलमा

    • ७.
      तारानाथ शर्मा र सरस्वती शर्मालाई मूलप्रवाहले गर्‍यो स्वदेश विदाई

    • ८.
      भिवाडीमा मूल पहलमा भुमा देवीको अन्त्येष्टि

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.