• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मधेशका मुख्यमन्त्री यादवलाई कांग्रेसले दियो विश्वासको मत, बदलामा जसपाले सभामुखमा सघाउने


  •   बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
  • काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेशसभाबाट सर्वसम्मत विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेशसभामा १०२ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए ।

    Advertisement

    मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेससहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र सांसदहरुले विश्वासको मत दिए ।

    मुख्यमन्त्री यादवलाई जसपाका १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएका हुन्।

    प्रदेशसभामा प्रतिपक्षमा बस्नेगरी कांग्रेसका २२ जना सदस्यहरुले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिए भने नेकपा एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्यले पनि प्रतिपक्षीमा बस्ने गरी विश्वासको मत दिएका छन्।

    प्रदेशसभामा हाल १०५ सांसद छन्। माओवादीका २ प्रदेशसभा सदस्यको शपथ विवादका कारण रोकिएको छ ।

    गत पुस २७ गते ६३ प्रदेशसभा सदस्यहरुको समर्थनमा यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए। जसपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री यादवले गत पुस २९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।

    प्रदेश सभामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको सरकार छ ।

    प्रतिनिधिसभामा जसपाले सभामुखमा कांग्रेसलाई सघायो
    यता, प्रदेश सभामा सघाएको कांग्रेसलाई जसपाले प्रतिनिधि सभाको सभामुखमा सघाउने भएको छ । मंगलबार भएको मन्त्रिपरिषद् विस्तारलाई लिएर तीव्र असन्तुष्टि जनाएको जसपाले सभामुखको निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिने निर्णय गरेको हो । सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।

    मंसिर ४ को निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको जसपा पुस १० मा एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनमा पनि मिसिएको थियो ।

    एमाले नेतृत्वको सत्ता साझेदार दलहरुसँग जसपाले उपराष्ट्रपति पद मागेको थियो । तर उपराष्ट्रपति पद नमिल्ने भएपछि जसपा आक्रोशित हुँदै मंगलबार विस्तार भएको मन्त्रिपरिषदमा सहभागी भएको थिएन।

    यस्तोमा बुधबार नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभाको सभामुख पद उम्मेदवारी दर्ता गराउँदा जसपाले समर्थन गरेको छ। उनलाई कांग्रेस र जसपासँगै एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेका छन्।

    सत्तारूढ दलहरुबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्। उनलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सत्तारुढ दलले सघाउने भएका छन्।

    बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.