जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट सर्वसम्मत विश्वासको मत पाएका छन्।
Advertisement
१०७ सदस्यीय प्रदेशसभामा १०२ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए।
पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको सहित १० वटै दलले उनलाई विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री यादवलाई जसपाका १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएका छन्।
प्रदेशसभामा हाल १०५ सांसद छन्। माओवादीका २ प्रदेशसभा सदस्यको शपथ विवादका कारण रोकिएको छ।