• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर


  •   आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
  • रमेश लम्साल र सिबी अधिकारी, काठमाडौं ।
    ‘पुसमा पाकेको माघमा खाने’ पर्वका रूपमा देशभर माघे संक्रान्तिको रौनक थियो । मौसम सफा थियो । सरकारले सार्वजनिक बिदा दिएका कारण अधिकांश सरकारी वा गैरसरकारी कार्यालय बन्द थिए । चिसो मौसम धेरै जसो मानिस घाम ताप्न व्यस्त थिए । केही मानिस आफ्नो काममा व्यस्त थिए ।

    Advertisement

    कतिपय माघी मनाउन र अन्य काममा काठमाडौंबाट पोखरातर्फ जानेहरू आफन्त भेटने अपेक्षामा थिए । तर उनीहरूको सबै चाहना सेती खोँचमा बिलाउन पुग्यो ।

    सबै प्रक्रिया पूरा गरेर उडेको थियो जहाज । यति एयरलाइन्सका वरिष्ठ पाइलट एवं प्रशिक्षक चालकका रूपमा परिचित कमल केसीको नेतृत्वमा एनवाइटी– ६९१, नाइन एन–एएनसी कलसाइन भएको जहाज बिहान १०ः३३ मा उडेको थियो । करिब ११ बजेतिर विमान पोखराको घारीपाटन नजिकै सेतीको खोँचमा दुर्घटना भयो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आज काठमाडौँबाट पोखराका कूल १६ उडान थिए । त्यसमा नौ वटा उडान बुद्ध एयरका थिए भने यतिका चार उडान । श्री एयरलाइन्सको एक र सौर्यको दुई उडान थिए । काठमाडौँ–पोखराको हवाई मार्ग अन्यत्रको तुलनामा सुरक्षित मानिन्छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सबै प्रक्रिया पूरा गरेर जहाज उडेको थियो । अवतरणका लागि जहाजले पोखरा विमानस्थलबाट अनमुति पाइसकेको थियो । तर, जहाज एक्कासि दुर्घटना पर्दा मुलुक नै शोकमा प-यो । देशविदेशका सञ्चारमाध्यममा नेपालको हवाई दुर्घटनाको समाचार खरमा आगो लागे जसरी फैलियो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानतर्फ डबल इञ्जिन जहाज दुर्घटनामा हालसम्मकै सबैभन्दा धेरै यात्रुको ज्यान गएको यो पहिलो पटक हो । विमान दुर्घटनामा परी ६९ को शव फेला परेको छ । त्यसमध्ये २३ जनाको सनाखत भइसकेको छ ।

    सुरक्षित मानिएकै एटिआर जहाज दुर्घटनामा
    संसारभर नै एटिआर सिरिजका जहाजलाई नागरिक उड्डयनमा सुरक्षित र भरपर्दो मानिन्छ । नेपालको भौगोलिक अवस्थिति अनुकूल सुरक्षित उडानको सुनिश्चितताका लागि पछिल्लो प्रविधिको एटिआर जहाज भित्र्याएर सेवा सञ्चालन गरिएको छ ।

    वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार एटिआर जहाज हवाई उडानका दृष्टिले निकै सुरक्षित मानिन्छ । विमानमा कुनै पनि समस्या देखिए ‘इन्डिकेटर’मा सङ्केत आउँछ । सोही सङ्केतका आधारमा चालक दलले विमानको सुरक्षित अवतरणका लागि आवश्यक प्रक्रिया अपनाउँछन् ।

    वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं सीता एयरका आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यले पनि तुलनात्मकरूपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दुर्घटनामा पर्नु आफैँमा दुर्भाग्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा साना जहाज बढी मात्रामा दुर्घटनामा परेका थिए । एटिआर नै दुर्घटनामा परेको भने यो पहिलो पटक हो ।’

    यती एयरलाइन्सका हवाई सुरक्षा शाखाप्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार प्राविधिक हिसाबले एटिआर विमान निकै सुरक्षित मानिने भए पनि कसरी दुर्घटनामा प¥यो छानबिनपछि मात्रै भन्न सकिन्छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले तुलनात्मकरूपमा एटिआर जहाज बढी सुरक्षित र भरपर्दो मानिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हुनै नहुने दुर्घटना हुन गयो, यो नेपाली उड्डयनकै लागि दुर्भाग्य हो । छानबिनपछि आधिकारिक निर्णय आउला अहिले म थप केही भन्न सक्दिनँ ।’

    नेपालको भूधरातलीय स्वरूप अनुरूप हवाई यातायात निकै सुलभ र भरपर्दो मानिन्छ । तर विमान दुर्घटनाको सिलसिला हेर्दा हवाई उडान सुरक्षामा विश्वासको सङ्कट पैदा भएको छ । पछिल्ला दुर्घटनाले हवाई सेवाप्रति नागरिकको विश्वास गिर्दो रहेको छ ।

    पटक–पटक हवाई दुर्घटना भएपछि त्यसको समाधानका लागि नेपालमा पनि एटिआर सिरिजका जहाज भित्र्याइए । तर आजको दुर्घटनाले त्यसमा पनि आशङ्का थपिदिएको छ ।

    क्यानका प्रवक्ता जगन्नाथ निरौला पनि एटिआर जहाज प्राविधिक हिसाबले राम्रो र सुरक्षित मानिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दुर्घटनामा परेको जहाज प्राविधिक हिसाबले राम्रो हालतमा थियो । अनुभवी प्रशिक्षक पाइलटले चलाएको विमान कसरी दुर्घटनामा प¥यो क्यान पनि आश्चर्यमा परेको छ”, प्रवक्ता निरौलाले दुर्घटनाको कारण छानबिन समितिको निष्कर्ष नआएसम्म अहिले नै यसै हो भन्न नसकिने उल्लेख गर्नुभयो ।

    नेपालमा कहिले भित्रियो एटिआर
    नेपालमा पहिलो पटक नेकोन एयरले एटिआर जहाज भित्र्याएको थियो । कम्पनीले एटिआर–४२ जहाजमार्फत सेवा दिएको थियो । पछिल्लो पटक निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयर र यती एयरलाइन्सले एटिआर जहाजमार्फत उडान गर्दै आएका छन् ।

    नेपालमा एटिआर–७२ र एटिआर–४२ सिरिजका जहाज सञ्चालनमा छन् । सबैभन्दा धेरै बुद्धसँग एटिआर–७२ का ११ वटा र एटिआर–४२ का तीन गरी कूल १४ विमान छन् ।

    यस्तै, यती एयरलाइन्ससँग छवटा एटिआर–७२ मध्ये आज एउटा दुर्घटनामा परेको छ । मुलुकको आन्तरिक उडानमा ११ हेलिकोप्टर कम्पनी र नौ ‘फिक्स विङ्स’ गरी कूल २० हवाई सेवा प्रदायकले उडान गर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ दुईतर्फी दैनिक कूल दुई सय ६० उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

    एटिआर जहाजको विशेषता
    यो जहाजको कूल वजन १२ हजार नौ सय ५० किलो हुन्छ । यो विमानले २२ हजार पाँच सय किलोग्राम बराबरको भारवहन गर्ने क्षमता राख्छ । एटिआर जहाज फ्रान्स र इटालीको संयुक्त उपक्रम रहेको अभिनस डी ट्रान्सपोर्ट रिजनलले उत्पादन गर्दै आएको छ । जहाज बनावटका हिसाबले पनि आकर्षक मानिन्छ । यो विमान छोटो दूरीको उडानका लागि प्रयोग गरिन्छ ।

    विमान निर्माता कम्पनी, क्यान र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुरूप जहाज सञ्चालन हुने भएकाले पनि दुर्घटनाको कारण खोज्न छानबिन समितिको प्रतिवेदन नै कुनुपर्ने देखिन्छ । रासस

    आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.