सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले माओवादी संसदीय दलका नेता शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
Advertisement
शर्मालाई माओवादी, नेकपा एमाले, राप्रपा र समाजवादीका २५ सांसदको समर्थन छ।
आजै नेकपा माओवादी र नेकपा एमालेबीच ढाई÷ढाई वर्ष सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेर एमालेले माओवादीलाई समर्थन गरेको थियो ।
अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता शर्मा साढे दुई वर्षका लागि मुख्यमन्त्री बनेका हुन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् ।
एमाले–माओवादीले कर्णालीको पुरै कार्यकाल माओवादीले नेतृत्व गर्ने सहमति गरेपनि एमालेले मानेन। त्यसपछि दुवै दलबीच आधा आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको हो।