अर्जुन पराजुली
Advertisement
पार्टी कम्युनिष्ट छ !
सिद्वान्त साम्यवाद छ !
झण्डा हँसिया–हतौडा छ !
नाम कमरेड छ !
नमस्ते मुठी ठडाउने छ !
धोको मार्क्सवाद पढाउने छ !
रहर राष्ट्रवादी भनाउने छ !
भाषण देशलाई सिंगापुर बनाउने छ !
तर उसको काम
उ मेचीको किनारमा उभियो भने
गनाएर
महाकालीको किनारलाई बेहोस् बनाउने छ !!