काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
Advertisement
आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ।
अब घटेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल र मट्टितेल १७२ रुपैयाँ पुगेको छ।
यस्तै, हवाइ इन्धन आन्तरिक तर्फको प्रतिलिटर २० रुपैयाँ घटाई १७० कायम गरिएको छ भने बाह्यतर्फको प्रतिकिलोलिटर अमेरिकी डलर २२५ घटाइ १४२० कायम गरिएको छ।
खाना पकाउने एलपी ग्यास भने हाललाई यथाबत राखिएको छ।