• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

चुनावमा जित हार जे भएपनि राजनीतिमा इमान्दारिता चाहिन्छ : दुर्गा पौडेल


  •   बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
  • ठाकुर पौडेल, प्युठान ।
    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले राजनीतिमा इमान्दारिता आवश्यक रहेको बताउनुभएको छ ।

    Advertisement

    प्युठान जिल्लाबाट प्रतिनिधि सभाका उम्मेदवार रहनुभएका पौडेलले चुजाठाँटीमा मतदाताहरुलाई धन्यवाद दिँदै चुनावमा जित हार सामान्य कुरा भएको तर राजनीतिमा इमान्दारिता आवश्यक रहेको बताउनुभएको हो ।

    उहाँले चुनावमा आफ्नो पराजय भएपनि जनताले दिएको ३५ हजार भन्दा बढी मत पार्टीप्रतिको ठूलो सम्मान रहेको बताउनुभयो ।

    ‘चुनावमा मेरो पराजय भयो तर त्यो ठूलो कुरा होइन। चुनाव लडेपछि जित वा हार हुने नै गर्दछ । त्यसकारण अहिलेको पराजयलाई मैले स्वभाविक रुपमा नै लिएको छु’ पौडेलले भन्नुभयो, ‘तर त्यस सन्दर्भमा यो उल्लेखनीय कुरा हो कि चुनावमा मेरो हार भएपनि मलाई ३५ हजारभन्दा बढी मतदाताहरुले भोट दिएका छन्। त्यो भोटलाई सम्मान गर्दै सम्पूर्ण प्युठानी मतदाताहरुलाई हृदय देखि नै आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु ।’

    उहाँले गठबन्धनका तर्फबाट आउनुपर्ने सम्पूर्ण भोट मध्ये ७ हजार भोट कम आएको उल्लेख गर्दै त्यो भोट किन र कसरी आएन, त्यसको मूल्यांकन गर्नुपर्ने बताउनुभयो ।

    पौडेलले राजनीतिमा इमान्दारिता नभए बारम्बार धोका हुने बताउँदै भविष्यमा पनि सँगै काम गर्नुपर्ने आवश्यकतालाई ध्यान दिन सहयात्री दलहरुसँग आग्रह गर्नुभयो ।

    ‘आखिरमा जुन काममा पनि इमान्दारिता चाहिन्छ । पछि पनि हामीले कैयौं कामहरु मिलेर गर्नुपर्ने आवश्यकता हुनेछ’ उहाँले भन्नुभयो, ‘इमान्दारिता भएन भने भविष्यमा पनि बारम्बार धोका हुन सक्दछ । त्यसको लागि मैले गठबन्धनका सबै पक्षहरूको ध्याआकर्षित गर्न चाहन्छु ।’

    साथै, उहाँले जिल्लामा जसको जित हार भए पनि जिल्लाको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चाले जिल्लाको विकासको लागि सबै तरिकाले सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण खड्का, नेपाली कांग्रेस मल्लरानीका अध्यक्ष तथा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश श्रेष्ठ, राजमोका जिल्ला सदस्यहरु अमरध्वाज राना, सरिता जिसी, बालकृष्ण श्रेष्ठ, अखिल नेपाल किसान महासंघ प्युठानका उपाध्यक्ष गिरिराज पौडेल, साउदी अरब नेपाली एकता समाजका केन्द्रीय सदस्य ठाकुर पौडेल, माओवादी केन्द्र मल्लरानी गाउँपालिकाका सचिव निर्मला पौडेल, मल्लरानी गाउँपालिका २ का वाड अध्यक्ष लेखबहादुर थापा, मल्लरानी २ का वडा सदस्य कृष्ण सार्की, मल्लरानी २ का वडा सदस्य गणेश जिसी, मल्लरानी ३ का वडा सदस्य रेस्मी सार्की लगायतको आतिथ्यता रहेको थियो ।

    कमल पौडेलको सञ्चालनबाट अघि बढेको कार्यक्रममा उपस्थित मतदाताहरुलाई नेपाली कांग्रेस मल्लरानी गाउँ समितिका सभापति युवराज पौडेलले स्वागत गर्नु भएको थियो।

     

    बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • २.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ३.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ४.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ५.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ६.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ७.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ८.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.