आसैआसमा,
नभए बतासमा,
केहि नलागे हतासमा
जनता
नेता ईलेक्ट गर्छन्
तर
नेता केवल
मनोमानी सेलेक्ट गर्छन् ।
Advertisement
ईलेक्टेडका कमसल सेलेक्टेड
देख्दा लाग्छ
लोकतन्त्र मात्र हो भोकतन्त्र
आखिर
नोटे भोटको खोट,
कहिल्यै निको नहुने भो
नेपालीको चोट ।
(भुषण दाहालको ट्विटबाट)