• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

शक्तिकेन्द्रको एजेन्डा लागू गर्न अहिले वामपन्थी नेतृत्वको सरकार : केसी


  •   बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले वामपन्थी नेतृत्वको सरकार साम्राज्यवादी शक्तिकेन्द्रको एजेन्डा कार्यान्वयन गर्नका लागि बनेको दाबी गर्नुभएको छ ।

    Advertisement

    युगदर्शनलाई २०७९ पुस १९ गते मङ्गलबार प्रतिक्रिया दिँदै उहाँले अहिलेको सरकार विशुद्ध वामपन्थीको नभएर शक्तिकेन्द्रको एजेन्डा लागू गर्न उनीहरूको नेतृत्वमा अपवित्र गठबन्धन बनेको दाबी गर्नुभयो ।

    ‘यो सत्य हो, एमाले र माओवादी केन्द्रलाई हामीले वामपन्थी सङ्गठन मान्दछौँ’ उहाँले भन्नुभयो– ‘तर अहिलेको सरकार उनीहरूको मात्रै होइन नि, यहाँ त विभिन्न खाले शक्तिकेन्द्रका पक्षपाती तत्वहरू सामेल छन् । यसरी साम्राज्यवादी शक्तिकेन्द्रको स्वार्थमा अहिले अपवित्र गठबन्धन बनेको छ ।’

    कुनै समयमा भारतमा वामपन्थी ज्योति बसुलाई नवउदारवादी अर्थनीति स्वीकार्ने शर्तमा प्रधानमन्त्री बनाउन खोजिएको सन्दर्भ उहाँले जोड्नुभयो ।

    ‘हामीलाई थाह छ, भारतमा काङ्ग्रेस आईले नवउदारवादी अर्थनीति स्वीकार गर्ने शर्तमा माक्र्सवादी कम्युनिस्ट पार्टीका नेता ज्योति बसुलाई प्रधानमन्त्री बनाउन खोजेको थियो’ उहाँले अगाडि भन्नुभयो– ‘तर ज्योति बसुले काङ्ग्रेसको त्यो सर्त स्वीकारेनन् । फलस्वरूप उनी भारतको प्रधानमन्त्री बन्न सकेनन् ।’

    उहाँले भन्नुभयो– ‘नेपालका एमाले र माओवादी केन्द्रको स्थिति ज्योति बसुको जस्तो कुनै हालतमा होइन ।’
    एमाले र माओवादी मिल्दा पनि ?

    संसदीय सिट सङ्ख्याको हिसाबले दुई ठुला पार्टीहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेकाले मात्रै अहिलेको सरकारलाई वामपन्थी भन्न सकिन्न र भन्ने हाम्रो प्रश्नको जवाफमा उहाँले भन्नुभयो– ‘त्यो त तलका कार्यकर्ताहरूले भन्ने कुरा मात्रै हो ।’

    उहाँले दुवै पार्टीका तल्लो समितिका कार्यकर्ताहरूले यस ढङ्गले सोच्नु स्वाभाविकै रहेको बताउनुभयो । ‘तलका कार्यकर्तालाई यस्तै लाग्छ, दुई कम्युनिस्ट नामका पार्टी मिलेका छन् । कम्युनिस्टकै सरकार बन्यो अहिले’ उहाँले भन्नुभयो– ‘तर तपाईंहामी सबैलाई थाह छ नि, नेपालका कम्युनिस्टहरू नामका मात्रै कम्युनिस्ट हुन् । विचारको आधारमा उनीहरू कम्युनिस्ट हुँदै होइनन् ।’

    ‘कम्युनिस्टको नाममा नेता बनेकाहरू सत्ता र स्वार्थका लागि जे पनि गर्दछन् भन्ने त अहिले पनि देखिहाल्यौँ नि’ अध्यक्ष केसीले भन्नुभयो– ‘अहिले प्रचण्डले नै देखाइदिए, उनीहरू सत्ता र सत्ताका लागि जोसित पनि, कुनै पनि बेला मिल्न सक्दछन् भनेर ।’

    उहाँले कम्युनिस्ट पार्टी भनाउँदा नेताहरूको यस खालको चरित्रबारे नेपालको वामपन्थी आन्दोलनमा व्यापक भ्रम रहेको बताउनुभयो ।

    घोर दक्षिणपन्थी पनि सरकारमा
    प्रतिनिधि सभाका सांसदसमेत रहनुभएका केसीले अहिलेको सरकारमा घोर दक्षिणपन्थी तत्वको सहभागिता रहेको बताउनुभयो । ‘अहिलेको सरकारलाई कस्ता कस्ता तŒवले समर्थन गरिरहेका छन् ? त्यसैबाट धेरै कुरा थाह हुन्छ नि’ उहाँले भन्नुभयो ।

    उहाँले कथित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसवादी जनमत पार्टीलगायततर्फ सङ्केत गर्दै उहाँले यी पार्टीहरू घोर दक्षिणपन्थी तत्व भएको प्रष्टीकरण दिनुभयो ।

    वामपन्थीले पनि गणतन्त्र जोगाएनन्
    यसअघि २०७४ सालमा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर वाममन्थी सरकार बनेको उहाँले बताउनुभयो । ‘२०७४ सालमा त्यतिखेरका दुई ठुला वामपन्थी पार्टी मिलेर चुनावमा गए र पछि सरकार पनि बनाए’ उहाँले भन्नुभयो– ‘त्यसपछि उनीहरूले के गरे ? जननिर्वाचित संसद् नै विघटन गरिदिए । साथै आफ्नो पार्टी पनि विघटन गरे ।’

    उहाँले एमाले जस्तो वामपन्थी शक्तिले जनमतको कदर नगरेर प्रतिगामी कदम उठाएको अर्थात् गणतन्त्रको विरोधमा काम गरेको बताउनुभयो । अगाडि उहाँले वामपन्थी पार्टी नै गणतन्त्रको विरोधमा उत्रिएपछि त्यसको विरोधमा पाँचदलीय गठबन्धन बनेको स्पष्ट पार्नुभयो ।

    ‘जब दुईतिहाइ बहुमतको वामपन्थीहरूले नै जननिर्वाचित संसद् विघटन गरे’ अध्यक्ष केसीले अगाडि भन्नुभयो– ‘त्यसपछि लोकतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि वाम–लोकतान्त्रिक गठबन्धन बन्यो र त्यो गठबन्धनले मङ्सिर ४ गतेको चुनावसम्म निरन्तरता पायो ।’

    अन्तरघातको परिणाम वर्तमान स्थिति
    उहाँले उक्त गठबन्धनले गत चुनावको समयमा सहकार्य गर्दा इमानदारिता देखाएको भए अर्थात् आपसमै अन्तरघात नगरेका भए अहिलेको स्थिति आइनपर्ने बताउनुभयो ।

    ‘वाम–लोकतान्त्रिक गठबन्धनले प्रष्ट बहुमत हासिल गरेको भए बेग्लै कुरा हुन्थ्यो’ उहाँले भन्नुभयो– ‘वाम–लोकतान्त्रिक गठबन्धनले प्रष्ट बहुमत नल्याएकै कारणले यस्तो अस्थिर अवस्था सृजना भएको हो ।’

    उहाँले नेपाली काङ्ग्रेसको एउटा पक्ष र माओवादी केन्द्रको तल्लो समितिका कार्यकर्ताको अन्तरघातले गर्दा अहिलेको गम्भीर परिस्थिति उत्पन्न भएको बताउनुभयो ।

    ‘उतिखेर काङ्ग्रेस र माओवादी केन्द्रको एउटा पक्षले अन्तरघात गरे’ उहाँले भन्नुभयो– ‘त्यसको असर अहिले देखा परिरहेको छ । पाँचदलीय गठबन्धनलाई बहुमत नमिलेपछि साम्राज्यवादीहरूले फाइदा उठाए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पदलोलुपतामाथि टेकेर साम्राज्यवादीहरूले आफ्नो एजेन्डा लागु गदै अपवित्र सरकार बनाए ।’

    सरकारले नयाँ जनपक्षीय काम गर्छ ?
    अहिलेको प्रचण्ड सरकारमा कथित स्वतन्त्र नामका राजनीतिक पार्टी सामेल भएकाले यो सरकारबाट बेग्लै ढङ्गले अर्थात् जनपक्षीय प्रकारले काम गर्न सम्भव छ कि भन्ने युगदर्शनको जिज्ञासामा उहाँले यस्तो सम्भावनालाई अस्वीकार गर्नुभयो ।

    अध्यक्ष केसीले अहिले बनेको सरकारले जनपक्षीय काम गर्न नसक्ने दाबी गर्नुभयो । ‘अहिलेको सरकारले जनपक्षीय काम गर्न सक्दैन’ उहाँले भन्नुभयो– ‘यो सरकारले एउटै काम गर्छ । त्यो हो : यसले साम्राज्यवादी शक्तिकेन्द्रको एजेन्डा लागु गर्छ ।’

    उहाँले यो सरकारको पहिलो प्राथमिकतामा साम्राज्यवादी एजेन्डालार्ई नेपालमा लागु गर्नु रहेको बताउनुभयो । ‘साम्राज्यवादीहरूकै चाहनामा यस्तो अपवित्र गठबन्धन बनेकाले यो सरकारले सबैभन्दा पहिला उनीहरूको स्वार्थलाई पूरा गर्ने छ ।’

    उहाँको इसारा अमेरिकाको हिन्दप्रसान्त रणनीति (आई.पी.एस.) को मर्मअनुसार अहिलेको सरकारले काम गर्नेतर्फ थियो ।

    गणतन्त्र र धर्म निरपेक्षताको सन्दर्भ
    सांसदसमेत रहनुभएका राजमो अध्यक्ष केसीले वर्तमान सरकारबाट गणतन्त्र र धर्म निरपेक्षतामाथि आँच पुग्ने दाबी गर्नुभयो ।

    ‘जसले २०६२–६३ सालको जनआन्दोलनको विरोध गरेका थिए वा जसले पुरानै व्यवस्था फर्काउन खोजिरहेका छन्, तिनै शक्तिले यो सरकारलाई समर्थन गरेका छन्’ उहाँले प्रश्न गर्नुभयो– ‘अनि यस्तो सरकारले गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्न सक्छ ?’

    राष्ट्रिय प्रजातन्त्र पार्टी गणतन्त्रको विकल्पमा राजतन्त्र र धर्म निरपेक्षताको विकल्पमा हिन्दु राष्ट्रको पक्षमा रहेको बताउँदै उहाँले सरकारले आगामी दिनमा गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा नै काम गर्ने बताउनुभयो ।

    उहाँले कथित स्वतन्त्र पार्टी अमेरिकाको इच्छाअनुसारका बनेकाले त्यसले पनि जनपक्षीय काम गर्न नसक्ने बताउनुभयो । ‘यो सरकारले जनपक्षीय काम नगर्ने मात्रै होइन, यसले गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियतामाथि आँच पुर्‍याउने छ’ उहाँले त्यसका विरुद्ध सजग र सतर्क हुँदै सङ्घर्षका लागि तयार रहन जनतासित आह्वान गर्नुभयो ।

    चीनको समर्थन
    अमेरिकाको चाहनाअनुसार गठन भएको वर्तमान सरकारलाई चीनले किन समर्थन गर्‍यो भन्ने युगदर्शनको प्रश्नमा उहाँले चीनले वामपन्थीहरू सत्तामा रहँदा नेपालमा चीनविरोधी गतिविधि नहुने अपेक्षा राखेको बताउनुभयो ।

    चीनले नेपालमा वामपन्थीमाझ एकता होस् भन्न चाहन्छ’ अध्यक्ष केसीले भन्नुभयो– ‘२०७४ सालको तत्कालीन नेकपा सरकारलाई पनि समर्थन गरेको थियो । अझै उक्त पार्टी नफुटोस् भन्ने उसको चाहना थियो ।’ उहाँले अहिले एमाले र माओवादी मिलेकोमा चीनले सहज रूपमा लिएको बताउनुभयो ।

    साम्राज्यवादी देश नै भए पनि चीनको नेपालमा त्यति गलत दृष्टिकोण नभएको उहाँले बताउनुभयो । ‘चीन साम्राज्यवादी देश हो’ उहाँले भन्नुभयो– ‘फेरि पनि चीनले नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विपक्षमा काम गरेको उदाहरण छैन ।’

    उहाँले गत कालमा वामपन्थी सरकार रहेका बेला नेपाललाई उत्तर दिशाबाट पारवहन सुविधा दिने गरी सम्झौता भएको उहाँले स्मरण गर्नुभयो ।

    इसाईकरण र कम्युनिस्ट
    नेपालमा कम्युनिस्ट र क्रिस्चियनको माझमा गहिरो सम्बन्ध किन छ भन्ने युगदर्शनको प्रश्नमा उहाँले नेपालका कम्युनिस्टहरू वास्तविक अर्थमा कम्युनिस्ट नभएकाले यस्तो स्थिति देखा परेको बताउनुभयो ।

    ‘यहाँका कम्युनिस्ट भनाउँदाहरू सत्ता, शक्ति र पैसाका लागि जे पनि गर्छन्’ उहाँले भन्नुभयो– ‘त्यही भएर इसाईहरूले आर्थिक लाभ दिए भने उतै ढल्किनु नयाँ कुरा भएन ।’ उहाँले कम्युनिस्ट भनाउँदाहरूको यस्तो भूमिका कारण गम्भीर स्थिति देखा परेको बताउनुभयो ।

    ‘नेपालमा एकाध जिल्ला मात्रै बाँकी होला सायद चर्च नभएको’ उहाँले भन्नुभयो– ‘सबैभन्दा बढी चर्च त काठमाडौँमा छन् ।’ उहाँले राजधानीमा नै इसाईहरूको यस्तो बाहुल्यता हुनुलाई स्वाभाविक मान्न नसकिने बताउनुभयो ।’

    ‘इसाईहरूले धर्म प्रचारका लागि पैसा दिन्छन्, त्यसको लोभमा सबै बग्छन्, कम्युनिस्ट भनाउँदाहरू पनि बग्छन्’ उहाँको भनाइ थियो ।

    सत्ता, स्वार्थ र पैसाका लागि लहसिने बानीब्यहोरा नेपालका कम्युनिस्टहरूमा पनि भएको बताउँदै उहाँले भन्नुभयो– ‘त्यही भएर त होली वाइनदेखि मङ्सिर ४ गतेको चुनावसम्म इसाई धर्मको प्रभाव बढ्दै गएको छ र अहिले यस्तो स्थिति देखा परेको छ ।’

    उहाँले गत चुनावमा इसाईहरूले घण्टी चुनाव चिह्नमा मतदान गर्न परिपत्र नै गरेको सन्दर्भलाई यहाँनेर जोड्नुभयो ।

    अमेरिकी चलखेर प्रखर
    राजमो अध्यक्ष केसीले पछिल्लो समयमा अमेरिकी साम्राज्यवादको चलखेल झनै प्रखर भएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो– ‘हो, नेपालमा पछिल्लो समयमा अमेरिकाको चलखेल बढ्दै गएको छ ।’

    उहाँले एम.सी.सी. पास गरेर अघि बढेको अमेरिकाले हिन्दप्रसान्त रणनीतिअनुरूप नेपालमा चीन विरोधी थप गतिविधि अगाडि बढाउन खोजेको बताउनुभयो । ‘भविष्यमा एम.सी.सी. जस्ता योजना आयो भने त्यसलाई संसद्बाट समेत सिधै पास गर्ने गरी अमेरिकाले नेपालमा काम गरिरहेको छ’ उहाँले भन्नुभयो ।

    युगदर्शनसँग जोड दिएर उहाँले भन्नुभयो– ‘देशको राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षता खतरामा छ । साम्राज्यवादी चलखेल बढ्दो छ । त्यसैले त्यसको रक्षाका लागि नेपाली जनता आजैदेखि सजग र सतर्क हुनुपर्दछ । राष्ट्रिय जनमोर्चा यसबारेमा सजग, सतर्क छ र आवश्यकताअनुसार सङ्घर्ष गर्न तत्पर छ ।’ ( वर्ष १४, अङ्क १५, युगदर्शन २०७९ पुस २० गतेको व्यानरबाट)

    बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.