काठमाडौं । ट्राफिक प्रहरीले मापदण्ड भन्दा बढी धुवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ ।
Advertisement
सोमबार नक्सालमा गरिएको विशेष चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे सवारी साधनका चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
वातावरण विभाग बबरमहल तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार दिउँसो नक्सालमा ४२ ओटा सवारी साधनलाई चेक गर्दा २२ ओट कारवाहीमा परेको प्रवक्ता भट्टले बताए।
सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ।