सोल । लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियाले आइतबार बिहान पूर्वी जलक्षेत्रतर्फ रकेट गोला प्रहार गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले जनाएको छ ।
Advertisement
कोरियाली जन सेनाको पश्चिमी क्षेत्रमा रहेको लामो दूरीको आर्टिलरी सब–एकाइले सुपर–लार्ज मल्टिपल रकेट लन्चर प्रयोग गरी फायरिङ गरेको केसीएनए उल्लेख गरेको छ ।
रिपोर्टका अनुसार कोरियाले शनिबार हतियार प्रणालीको परीक्षण गरेको एक दिनपछि गोलीबारी भएको हो ।
केसीएनए प्रतिवेदनले रकेट लन्चरहरूको लडाइ प्रदर्शनको प्रशंसा गरेको छ । यसैगरी शनिबार प्रक्षेपणकर्ताहरूले प्रहार गरेको तीनवटा गोलाले पूर्वी जलक्षेत्रमा रहेको टापुमा प्रहार गरेको पनि बताएको छ ।