लन्डन । सन् २०२२ मा ४५ हजार भन्दा बढी आप्रवासीहरूले मुख्य भूमि युरोपबाट बेलाइत पुगेका छन् । अघिल्लो वर्षको तुलना मा यो सङख्या १७ हाजरले बढी हो ।
Advertisement
यो मुद्दा कन्जरभेटिभ सरकारको लागि ठूलो राजनीतिक समस्या बनेको छ जसले अवैध आप्रवासनलाई कम गर्ने र क्रसिङ गर्ने तस्करी गिरोहहरूलाई नियन्त्रण गर्ने वाचा व्यक्त गरेको छ ।
गत महिना च्यानलमा चिसो तापक्रममा आप्रवासीहरूले भरिएको एउटा सानो डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको थियो ।
उक्त क्षेत्रमा माछा मार्ने डुङ्गाले ४३ जनालाई चिसो पानीबाट निकालेको थियो ।