• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

शान्त रारा तालको छेउमै अव्यवस्थित बस्ती


  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
  • शुरबहादुर सिंह, कर्णाली ।
    हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीको शिरमा अवस्थित रारातालको दृश्यले कसलाई लोभ्याउँदैन होला र ? राराले यहाँ पुग्ने जो कोहीलाई चरम सन्तुष्टि दिन्छ । सुन्नेहरुका निम्ति भने यो सपना र कौतुहल बन्ने गर्छ । त्यसकै आकर्षण र सुन्दरताले आज संसारका करोडौँ मान्छेको ध्यान खिचेको छ ।

    Advertisement

    समुद्री सतहदेखि दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको रारा तालबारे कतै नसुनेका र थाहा नपाएका बाहेक हरेक नेपालीलाई त्यसको प्रत्यक्ष दृश्यावलोकन गर्ने ठूलो धोको र हुटहुटी हुन्छ । प्रकृतिको काखमा रहेको अनुपम दृश्य नियाल्ने रहरले रारा जाने अवसर जो कोही पनि खोजिरहन्छ । त्यसका लागि विभिन्न जिल्ला तथा सहरबाट आफ्नो लामो यात्रा तय गरेर यहाँ आउँछन् ।

    सुर्खेत–दैलेख–कालीकोट–जुम्ला हुँदै मुगु राराताल पुग्नका लागि हवाई मार्ग नभइ सडक मार्ग रोज्नेको यात्रा निकै पट्यारलाग्दो पनि हुन्छ । यद्यपि, जब रारा ताल भेटिन्छ, बाटोमा भएका कष्टकर क्षण त्यसको वैभवले बिसाईदिन्छ । उनीहरु जब रारा तालमा पुग्छन् तब त्यसको प्राकृतिक सुन्दरतासँग खेलेर निकै मस्ती गर्छन् । हरेक आन्तरिक तथा बाह्य पर्यटकलाई रारा तालको शालिनता र अनुपम दृश्यले लट्ठ बनाउँछ ।

    स्वर्गीय आनन्द दिन्छ र त्यसको अवस्थिति, आकार र आकर्षणबाट मज्जा लिनेलाई केही सिर्जना गर्न उत्प्रेरितसमेत गर्दछ । राराको सौन्दर्यतालाई देखाउँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सरकारले २०७५ वैशाख १ गते मनाएको ‘रारा–कर्णाली पर्यटन वर्ष, २०७५’ को उद्घाटनको अवसरमा रारा तालको छेउमै बसेर भनेका थिए, ‘जन्मने हरेकले एकपटक रारा ताल पुग्नैपर्छ । भेट्नेहरुले यसको वैभव र सुन्दरता देखेर धित मरुञ्जेल आनन्द लिनेछन् । तसर्थ मर्नुअघि राराको सुन्दरतालाई स्पर्श गरौँ ।’

    रारा ताल घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको क्रम पछिल्लो समयमा बढिरहेको छ । मूलतः यहाँ घुम्ने, केही खर्च गरेर जाने र रमाइलो लिने ध्येयले आउने पर्यटक तालको सम्पन्नता हेरेरै मज्जा लिन्छन् । आहा १ क्या सुन्दर रारा ताल भन्छन् र खुसी मन लिएर फर्कन्छन् । तर जाँदा र आउँदा बाटोमै देखिने विस्थापित पीडितहरुको दैनिकीले अलि असहज बनाउँछ ।

    मुगु सदरमुकाम गमगढीको शिरमा सुन्दरता दिँदै शान्तभावमा कोणधारी जङ्गलको बीचमा अवस्थित राराले संसारको मन जितेको छ । धेरैले रारा पुग्न नपाए पनि तस्वीर हेरेरै भेट्ने धोको मेटाएको पाइन्छ । तथापि सुन्दर राराको प्रवेशद्वारमै पीडाले भरिएको पीडित बस्तीले देशभरबाट ताल हेर्न आउने जो कोहीको मन भने अमिलो बनाइरहेको छ ।

    गत असोज १९ देखि २३ गतेसम्म आएको अबिरल वर्षाका कारण रारा छायाँनाथ नगरपालिका–८ मुगु झ्यारी गाउँका एक सय १४ घरधुरी विस्थापित भएका छन् । पहिरोबाट विस्थापित भएका यहाँका स्थानीयवासी रारासँग जोडिएको बाम्नीचौरको जङ्गलमा अस्थायी बसोबास गरिरहेका छन् । उनीहरुले गाँस, बास र कपासको समस्या झेलिरहनु परेको छ । बाढीले उठिबास गरेपछि अहिले यहाँका नागरिकको जीवन नै अशान्त बनेको छ ।

    यो कठ्याङ्ग्रिने चिसोमा पालमुनि बस्ने रहर नभइ उनीहरुका लागि बाध्यता हो । उनीहरुको ओत भनेकै प्लास्टिकको पाल हो । तुषारोले चिसिएको भूइँ न्यानो बन्न नपाउँदै अँध्यारो रात कटाउँदै आएका उनीहरुलाई बढ्दै गएको जाडोले समस्या त बनाउने नै छ, अब हिउँ पर्यो भने झनै समस्या हुने अवस्था छ । बस्ने घर र जग्गा जमिन छोडेर भाग्नु परेपछि कडा चिसोमा अहिले उनीहरुको बास भएको छ । चिसोले बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई बाँच्न सकस भएको पीडित महिला अनिता रावलले दुखेसो पाखिन् ।

    ‘पालमुनिको बासले बेहाल बनाएको छ,’ रावलले भनिन्, ‘देश विदेशबाट मान्छेहरु आइरहन्छन्, गइरहन्छन् । हामीलाई उनीहरु हेर्दैमा दिन बित्छ ।’

    रारा राष्ट्रिय निकुञ्जका बार्डेनले एक महिनाभित्र ठाउँ छोड्न चेतावनी दिँदा कहाँ गएर बस्ने होला भन्ने चिन्ता लागेको उनले बताइन् ।

    रावलले भनिन्, ‘हिउँद्को कठ्याङ्ग्रिदो चिसोमा खुला आकाशमा पालमुनि रात बिताउन हामीलाई निकै अप्ठ्यारो भएको छ । चिसोले बच्चा बिरामी पर्ने हुन् कि भन्ने चिन्ताले अझ बढी पिरोलिरहेको छ ।’

    सोही गाउँका पहिरो पीडित शैलेन्द्र रावलले सिरेठो जाडोमा खुला आकाशमुनि पालको बास गर्न कुनै रहर नभएको बताए ।

    ‘पहिरोले जोखिम बढेपछि पहिले गाउँ छोड्न भनियो,’ शैलेन्द्रले भने, ‘अहिले त्यही गाउँमा गएर बस भन्छन् । अहिले त हामीलाई गाउँ गएर बस्न निकै डर लाग्न थाल्यो ।’

    विस्थापितहरुको समस्या समाधान समिति तथा सोही वडाका अध्यक्ष कर्णबहादुर रावलले २०५५ सालदेखि पहिराको जोखिमको समस्या भोग्दै आएको बताए । उनका अनुसार झ्यारी गाउँका एक सय १४ घरधुरी पहिरोको उच्च जोखिममा हुँदा सुरुमा रारा नजिकैको सल्लेरी र अहिले बाम्नीचौरमा बसालिएको छ ।

    ‘यस वर्षको पहिराले पुर्याएको क्षतिका विषयमा राष्ट्रिय विपद् जोखिम प्राधिकरणको टोली आएर स्थलगत निरीक्षण गरेको छ,’ अध्यक्ष रावलले भन्नुभयो, “तरपनि अहिलेसम्म विस्थापित स्थानीयबासीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कहीँ कतैबाट ठोस् निर्णय आएको छैन ।’

    जहाँ भए पनि तीनै तहका सरकारको समन्वयबाट सुरक्षित ठाउँको व्यवस्था हुनुपर्ने उनले बताए ।

    अब हिउँ पर्ने समय भएकाले झ्यारी बस्तीमा पुनः जोखिम निम्तिने खतरा कायमै रहेकाले नागरिक आफ्नो बस्तीमा जान नसकेको उनको भनाइ छ । सम्बन्धित सरोकारवालाले भने त्यहाँका स्थानीयवासीलाई पालमुनिको बास छोडेर गाउँमा जान आग्रह गर्दै आएको जनाइएको छ । छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुबहादुर भामले पहिराले १० घरमा क्षति पुगेको तर बाँकी स्थानीयवासी डरले विस्थापित भएको बताए ।

    ‘पहिराका कारण झ्यारी गाउँका स्थानीयवासीमा मनोवैज्ञानिक डर बढेको छ,’ उनले भन, ‘यसले गर्दा सबै घरधुरी पाल हालेर बसेकाले स्थानीय सरकार, जिल्ला प्रशासन, रेडक्रसलगायतका सहयोगी संस्थाले खाद्यान्न, पाल, लत्ताकपडा जस्ता आवश्यक सामग्री उपलब्ध गराएका छन् ।’

    पहिरो बढेर गएछि ठूलो क्षति हुने कुरामा सचेत भएको बताउँदै नगर प्रमुख भामले नगरपालिका १४ वडाको भूभाग नै उस्तै रहेको जनाए ।

    उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विपद् सम्पर्क व्यक्तिसहित सबै वडामा इन्जिनियहरुलाई फिल्ड सर्भे गर्न लगाउँदैछौँ । यकिन विवरण आएपछि वडासँगको सहकार्यमा छिट्टै काम थाल्छौँ ।’

    उनका अनुसार नगरपालिका–११ मा गएको पहिराले साल्मा गाउँमा आठ जनाको मृत्यु भएको थियो । क्षति भएका घरको निर्माणका लागि राष्ट्रिय विपद् जोखिम प्राधिकरणले रु पाँच लाख उपलब्ध गराउन सबै विवरण मागेकाले प्रक्रिया अगाडि बढेको उनले बताए ।

    पहिरो पीडित कमल रावलले रारा तालले यहाँ आउने मान्छेहरुले शान्ति, आनन्द र सुखको अनुभूति गराउँदा आफूहरुलाई दुःखले घेरेको दुखेसो पोखे ।

    ‘रारा ताल शान र सुन्दरता दिएर अवस्थित छ तर हामी कष्टकर चिसो रात काटिरहेका छौँ’ उनले भने, ‘त्यसको सुन्दरता हाम्रा निम्ति ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ जस्तै भएको छ ।’

    जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पीडितको पुनर्वासका लागि प्रयास भइरहेको बताए ।

    उनका अनुसार पीडितहरुको घर निर्माणका लागि रु पाँच लाख दिँदैछ । पीडितको जग्गा नभएको खण्डमा किन्नका लागि रु तीन लाख दिने बताएको छ । घर मर्मतका लागि भने रु ५० हजार उपलब्ध गराउने भएको प्रमुख जिल्ला अधिकारी महतले जनाए । बाम्नीचौरको जङ्गलमा बसेका झ्यारी गाउँवासी घर नफर्कने कुरा गर्छन् । जिल्ला बाहिर वा भित्र जहाँ भए पनि सबै सरकार लागेर सुरक्षित ठाउँमा व्यवस्थापन गरिदिनुपर्ने उनीहरुको माग छ । यद्यपि स्थानीय प्रशासनका अनुसार उनीहरु तत्काल गाउँ फर्किनुको विकल्प छैन ।

    रारा राष्ट्रिय निकुञ्जका वार्डेन विश्वबाबु श्रेष्ठले गत असोजको अबिरल वर्षाका कारण झ्यारी गाउँ नै खतरामा पुगेपछि त्यहाँका स्थानीयवासीको आपत्कालीन उद्धार गरिएको बताए । स्थानीयको गाउँ नै पहिरोले खस्ने अवस्था देखिएपछि उनीहरुलाई केही दिनका लागि निकुञ्जको मध्यवर्ती क्षेत्रमा राखिएको थियो ।

    ‘आपतकालीन उद्धार गरिएका त्यहाँका स्थानीयवासीलाई हामीले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि हामीले अस्थायी व्यवस्थापन गरेका हौंँ,’ वार्डेन श्रेष्ठले भने, ‘पीडित बसेको ठाउँ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएको र कानुनले बस्न नमिल्ने हुँदा हामीले उहाँहरुलाई जतिसक्दो छिटो छोड्न सम्झाइबुझाइ गरेका छौँ ।’

    नेपाली सेना, प्रहरी, स्थानीय प्रशासन तथा सरकार गाउँमा पुगेर घरभित्रबाटै त्यतिबेला मानवीय हिसाबले उद्धार गरी अस्थायीकालीन व्यवस्थापन गरेको कुरालाई राम्रोसँग बुझ्नुपर्ने उनको भनाइ छ । वार्डेन श्रेष्ठका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन ऐनले मध्यवर्ती क्षेत्रको आसपासमा बसोबास गर्न, स्रोतको उपयोग तथा स्वरुप नष्ट गर्न नपाइने भएकोले स्थानीयवासीले उक्त ठाउँ छोड्नैपर्दछ ।

    देशको कार्यकारी प्रमुखदेखि विभिन्न निकायका उच्च अधिकारीले रारा तालको भ्रमण गरिसकेका छन् । राराको सम्पन्नतालाई दृश्यावलोकन गर्ने सबैले यहाँसम्म आइपुग्ने मार्गको विकास हुनुपर्ने सोच व्यक्त गर्दछन् । यद्यपि सुन्दर तालको छेउमा कठोर जीवन बिताइरहेका पीडित एवं विपन्नको पीडाप्रति कसैले मानवीयता देखाएको पाइँदैन । ढिलै भए पनि तीनै तहका सरकार र सम्वद्ध सरोकारवालाले बेलैमा उनीहरुको व्यवस्थापनमा ध्यान दिनुपर्छ । रासस

    आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.