• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

देशलाई नै धरौटी राखेर सहयोगको हात थाप्न मिल्दैनः पौडेल


  •   मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले संसदले एमसीसी प्रस्तावलाई दृढतापूर्वक अस्विकार गर्नुपर्ने बताउनुभएको छ। मंगलबार सभामुख अग्नि सापकोटालाई बधाई दिन बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले अमेरिकी दूतावासले नै एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिको अंग बताइसकेको अवस्थामा अब अलमल गर्न नहुने बताउनुभयो ।

    Advertisement

    ‘एमसीसी के हो? त्यसबारे गहन छलफल हुन जरुरी छ। त्यसका प्रावधानहरु के के हुन् ? एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंंग हो कि होइन? कतिपय पार्टीहरुभित्र यसबारे चर्को बहस पनि भएको छ।’ पौडेलले भन्नुभयो, ‘एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग हो कि होइन भन्ने कुरा जव चर्कोसँग आयो, स्वयम् अमेरिकी दूतावास र अमेरिकी असिस्टेन्ट सेक्रेटरी मिसेन अलाइन्स वेलले भन्नुभयो कि वास्तवमै एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग हो भनेर ।’

    उहाँले सोभियत संघलाई घेर्न अमेरिकाले नर्थ एटलान्टिक नीति ल्याएजस्तै चीन घेर्न इण्डोप्यासिफिक रणनीति अबलम्बन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसको प्रावधान र सम्झौताहरुलाई हेर्नुभयो भने वास्तवमा अमेरिकी साम्राज्यवादले आफ्ना नीतिहरुलाई अघि लैजानका लागि सोभियत संघलाई घेरा हाल्नका लागि नर्थ एटलान्टिक रणनीति अबलम्बन गरेको थियो । अहिले दक्षिण एशियाली राष्ट्रहरुलाई आफ्नो चंगुलमा पार्नको इण्डोप्यासिफिक रणनीति अबलम्बन गरेको छ ।’

    कसैको सहयोग लिँदा देशलाई नै धरापमा पार्न नहुनेमा सांसद पौडेलको जोड छ । ‘हामीले कसैको सहयोग लिन हुन्न भन्ने होइन तर सहयोग लिँदा त्यसका सर्त कस्ता छन् हेर्नुपर्छ । पाएँ त खाएँ भने झैँ देशलाई नै धरौटीमा राखेर कसैको सहयोग लिन सकिँदैन । यो विषय राष्ट्रियतासँग जोडिएको विषय हो । देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय हो । त्यसैले यस विषयमा संसद गम्भीर भएर यसलाई अस्वीकार गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

    प्रतिनिधिसभा विधी निर्माण गर्ने थलो भएको र अहिले थुप्रै विधेयकहरु रोकिएको अवस्थामा रहेकाले तिनलाई अगाडि बढाउन संसदले नयाँ सभामुख पाएसँगै सहज बन्ने सांसद पौडेलको विश्वास छ । त्यस्तै मिडिया काउन्सिल विधेयकलाई पनि सुझबुभका साथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । ‘एकातिर प्रेसका विकृतिलाई रोक्नुपर्ने जरुरी पनि छ र प्रेस स्वतन्त्रतामाथिको अंकुशलाई हटाउनु पनि पर्छ’ उहाँले भन्नुभयो ।

    मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.