मनिराम खनाल
Advertisement
मान्छे बुढो भएपनि
विचार बुढो हुँदैन ।
सक्रियतामुख्य कुराहो
उमेरले केही छुँदैन ।।
राजनीतिमा इच्छाशक्ति
सिद्धान्त र विचार चाहिन्छ ।
आस्थाप्रति सक्रियतावृद्ध युवा
दुवैमापाइन्छ ।।
वृद्ध सबै खराब हुँदैनन्
निष्ठावान्पनि हुन्छन् ।
युवा सबै सहीहुँदैनन्
खराबपनि हुन्छन् ।।
जोस र जागर तातो रगत
युवामा धेरै हुन्छ ।
सहीविचारले चलायो भने
देशमा केही गर्छ ।।
पुँजीवादले खोजेको छ
युवालाईमार्न ।
छाडा संस्कृति र अश्लीलताको
प्रभावमापार्न ।।
पथभ्रष्ट मतिभ्रष्ट
कुसंस्कारको जालो ।
हटाउनु छ युवाले अब
पुँजीवादको पालो ।।
माओले भन्नुभयो देश
युवाहरूको काधमा छ ।
देशबचाउने कि मेटाउने
अस्तित्व दोसाधमा छ ।।
सिद्धान्तले लैस बनौँ
युवाशक्ति सारा ।
माक्र्सवाद–लेनिनवाद
माओ विचारधारा ।।