शंकर प्रसाद पोख्रेल, बुटवल ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) रुपन्देहीले १३०औँ माओ जयन्ती मनाएको छ । राष्ट्रिय जनमोर्चाको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी माओ जयन्ती मनाइएको हो ।
Advertisement
नेकपा मसालका प्रतिनिधि चेतनाथ आचार्यको अध्यक्षता र दुर्गानाथ खरेलको सञ्चालनबाट अघि बढेको कार्यक्रममा नेता हेमलाल न्यौपानेले स्वागत गर्नुभएको थियो ।
प्रमुख अथिती अखिल नेपाल किसान संघका उपाध्यक्ष चन्द्र बहादुर केसीले माओको योगदान, नयाँ जनवादी क्रान्तिबारे स्पष्ट पार्नुभएको थियो । त्यसैगरि राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलमले पनि मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा नेकपा (मसाल) सम्बद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ताहरुले माओको फोटोमा माल्यार्पण गर्नुभएको थियो ।