• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बाँकेको दुर्गम क्षेत्र गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी परिचालन


  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित
  • राँझा । बाँकेको दुर्गम क्षेत्र गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी बल सीमा सुरक्षामा परिचालन गरिएको छ ।

    Advertisement

    राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने दाङ र भारतसँग सीमा जोडिएको यो क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको अस्थायी बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेर सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वाटर बाँकेका प्रमुख प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपाल–भारत सीमानाका अन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा बीओपी राख्ने सरकारको नीतिअनुरुप राप्तीसोनारीको नयाँ गाउँस्थित गुर्दनगौडी र बानवा नाकामा प्रस्तावित बीओपी स्थापना गरिएको हो ।

    सशस्त्र प्रहरी बलको बीओपी स्थापनासँगै त्यस क्षेत्रमा खटिने सशस्त्र प्रहरी बलबाट नेपाल–भारत सीमास्तम्भको सुरक्षाका साथै नागरिकले पनि सुरक्षा महसुस गरेका छन् । करिब डेढदशकअघि पत्ता लागेको नयाँ गाउँका रूपमा परिचित उक्त ठाउँमा स्थानीयवासीले आफूहरु भारतीय सुरक्षाकर्मी र तस्करको दोहोरो असुरक्षामा रहेको भन्दै सुरक्षा चौकीको माग गर्दै आएका थिए ।

    बीओपी स्थापनापछि चोरी पैठारी नियन्त्रण हुनुका साथै जनताले शान्तिको महसुस गरेको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बताउनुभयो । उहाँले दुर्गम क्षेत्रमा सशस्त्र प्रहरी बलको पूर्वाधार निर्माण र जनताको आधारभूत आवश्यकता पूरा गर्न आफूले पहल गरिरहेको उल्लेख गर्नुभयो ।

    भारतीय सीमासँग जोडिएको गुर्दनगौडी र बानवा नाका पुग्न अहिले पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । राप्तीसोनारी–४ बैजापुरक्षेत्रबाट मोटरसाइकलमा चारदेखि पाँच घण्टाको समय लाग्ने भए पनि वर्षाले सडक भत्किएको राप्तीसोनारीका अगुवा तुलसीराम थारुले बताउनुभयो ।

    उहाँका अनुसार एक दशकअघि राज्यको नजरमा परेको नयाँ गाउँलाई साविक बैजापुर गाविस हुँदै अहिले राप्ती सोनारी गाउँपालिका–४ मा गाभ्ने काम भए पनि न्यूनतम आधारभूत सेवा सुविधासमेत स्थानीयवासीले पाउन सकेका छैनन् ।

    बाँकेको अति विकट मानिने उक्त ठाउँ नयाँ गाउँका रुपमा परिचित छ । यहाँ झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी, चिउरीहवा, गुदनगौडी, मुरकट्टा (महेशपुर) र आमवासा लगायतका गाउँ रहेका छन् । भारतसँग जोडिएको बाँकेको सीमावर्र्ती गाउँबस्ती र नाकामा सशस्त्र प्रहरीले बीओपी निर्माण गरी सुरक्षा दिने कार्यलाई तीव्रता दिएको छ ।

    बाँकेको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । सीमा सुरक्षाका लागि हाल नेपालतर्फ सशस्त्र प्रहरी बलको बाँकेमा बढैया, जयसपुर, नेपालगञ्ज भन्सार, कालावञ्जर, खडैँचा, गङ्गापुर, नरैनापुर र कटकुइँया गरी आठ बोर्डर आउट पोष्ट (बीओपी) कार्यालय छन् भने गुर्दनगौडी र बानवामा प्रस्तावित बीओपी रहेका छन् ।

    आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.