• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

एमसीसी र सीमा अतिक्रमण विरुद्ध संयुक्त संघर्ष गर्ने नौ दलको घोषणा


  •   शनिबार, माघ ११, २०७६ मा प्रकाशित
  • काठमाडौं । भारतले गरेको सीमा अतिक्रमण तथा एमसीसी प्रकरण विरुद्ध नौ राजनीतिक दलले संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् । नेकपा (मसाल) लगायतका दलहरुको शनिबार काठमाडौंमा सम्पन्न बैठकले संयुक्त संघर्षको घोषणा गरेको हो ।

    Advertisement

    बैठकपछि जारी संयुक्त वक्तव्य अनुसार यही माघ २४ गते सातै प्रदेशमा विरोध सभाको आयोजना गरिनेछ । काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा गर्ने निर्णय भएको हो ।

    यस्तो छ, नौ दलद्वारा जारी वक्तव्य
    १) भारतद्वारा नेपालको लिम्पियाधुरा, कालापनी, लिपुलेक क्षेत्र समेतको भूमि अतिक्रमण भएको र अमेरिकी साम्राज्यवादको हिन्द प्रशान्त रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विरुद्ध संघर्ष भइरहेको स्थितिमा उक्त सङ्घर्षका कार्यक्रमहरूलाई व्यापक र सशक्त बनाउन २०७६ माघ ११ गते तपशीलमा उल्लेखित राजनीतिक दलहरूको बैठक नेकपा (मसाल)का महामन्त्री का. मोहनविक्रम सिंहको अध्यक्षतामा बस्यो । यो बैठकले गरेका निर्णय र कार्यक्रम सार्वजनिक गर्न यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ । घोषित संघर्षका कार्यक्रमहरूलाई सफल पार्न सम्पूर्ण न्यायप्रेमी, देशभक्त तथा जनतान्त्रिक जनसमुदायहरूलाई हामी हार्दिक अपील गर्दछौँ ।

    २) नेपाल–भारत सीमा क्षेत्रमा भारतले कैयौँ ठाउँहरूमा नेपाली भूमि अतिक्रमण गरेको छ । पछिल्लो समयमा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको क्षेत्र भारतले आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा जारी गरेको छ । त्यसका विरुद्ध देशका सबै राजनीतिक शक्ति, संघ–संस्था र जनसमुदाय समेतले राष्ट्रिय एकता प्रदर्शन गरी उक्त अतिक्रमित भूमि फिर्ता गर्न सरकारलाई आह्वान गरे । तर, सरकारले उक्त भूमि फिर्ता गराउन प्रभावकारी कदम चालेन र अतिक्रमित भूमिलाई समावेश गरी नेपालको नक्सा जारी गर्न समेत सकेको छैन । उक्त अतिक्रमित भूमि फिर्ता गराउनका लागि व्यापक र सशक्त संघर्ष गर्न हामी सहमत भएका छौँ ।

    ३) अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त रणनीतिको अंगको रूपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) सम्झौता नेपालको राष्ट्रिय हित, राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको समेत विरुद्ध छ । उक्त सम्झौतालाई खारेज गर्न सरकारसँग माग गर्दछौँ । उक्त सम्झौतालाई संसदबाट अनुमोदन नगर्न आह्वान गर्दछौँ । सबै देशभक्त जनसमुदायहरूलाई उक्त एमसीसी सम्झौताको विरुद्ध राष्ट्रिय एकताको लागि सङ्घर्ष गर्न आह्वान गर्दछौँ ।

    ४) संघर्षको कार्यक्रमः आगामी माघ २४ गते हरेक प्रदेशका – काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा गर्ने निर्णय भएको छ । यी कार्यक्रम पश्चात संयुक्त बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने छ ।

    ५) बैठकले यो कार्यगत एकतासम्बन्धी आचार संहिता पनि निर्माण गरेको छ ।

    सम्बद्ध राजनीतिक दलहरू
    १) मोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल)
    २) मोहन बैद्य (किरण), महासचिव, नेकपा (क्रान्तिकारी–माओवादी)
    ३) सीपी मैनाली, महासचिव, नेकपा (माले)
    ४) चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
    ५) सीपी गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा
    ६) ऋषि कट्टेल, अध्यक्ष, नेकपा
    ७) गोपाल किराती, अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
    ८) सुभासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल
    ९) महेन्द्र शर्मा, सहसंयोजक, राष्ट्रिय जागरण परिषद्

    शनिबार, माघ ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.