• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

का. चित्रबहादुर केसी र चोलेन्द्र समशेर जबरा प्रकरण


  •   शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    आज सम्पूर्ण देश र जनता, सर्वाेच्चअदालत, बार, संसद समेतका अगाडि यो छर्लङ्ग भइसकेको छ कि चोलेन्द्र शम्सेर जबरालाई न्यायधीशमा नियुक्त गर्न र उनलाई प्रधानन्यायधीश बनाउनु एउटा गम्भीर गल्ती थियो ।

    त्यो प्रकरणबाट यो कुरा पनि प्रष्ट भएको छ कि राष्ट्रिय जनमोर्चाले सँधै सही नीति अपनाउँछ र देशका सबै नेताहरु मध्ये का. चित्रबहादुर के.सीको स्थान धेरै माथि छ । कुन नेता कति उच्च छ ? त्यो कुराको निर्धारण नीतिले नै गर्दछ । चोलेन्द्र समशेर प्रकरणले के.सी. जी अन्य नेताहरु भन्दा माथि भएको कुरालाई राम्ररी प्रमाणित गरेको छ ।

    न्यायधीशहरुको नियुक्तिको बेलामा करिब १ महिनासम्म संसदीय सुनुवाई भएको थियो । त्यो सुनुवाईको बेलामा के.सी.जी पनि सुनुवाई समितिको सदस्य हुनुहुन्थ्यो । पहिले सुनुवाई समितिका धेरैजसो सांसदहरुले उनलाई न्यायाधीश बनाउन हुन्न भन्ने अडान लिएका थिए । तर पछि अरु सबै सांसदहरुले आफ्नो अडान छाड्दै गए र के.सी.जी १ जनाले मात्र उनलाई न्यायाधीशमा नियुक्त गर्न हुन्न भन्ने अडान अन्तसम्म लिइरहनु भयो । त्यसपछि उनलाई न्यायाधीशमा नियुक्त गरियो । अनुभवले प्रष्ट गरिसकेको छ कि त्यो बेला चोलेन्द्र समशेरको पक्षमा सिफारिस गर्ने अन्य सबै सांसदहरु ग्लत थिए र के.सी.जी मात्र सही हुनुहुन्थ्यो ।

    त्यो बेलाको गलत निर्णयले सम्पूर्ण न्यायपालिकालाई नै कति धेरै नोक्सान पु¥यायो ? त्यो कुरा अहिले सबैका अगाडि छर्लङ्ग भएको छ । यदि के.सी.को सुझाव मान्ने भएको भए वा अन्य सांसदले आफ्नो अडान नछाडेको भए चोलेन्द्र समशेर न्यायाधीश वा प्रधानन्यायाधीश हुन सक्दैनथे र उनका कारणले न्यायपालिका र सम्पूर्ण देशलाई जुन ठूलो क्षति पुग्यो त्यसबाट बच्न सकिन्थ्यो ।

    कुनै नेता कति शिर्ष स्थानमा हुन्छ वा हुदैन ? कुराको फैसला यो कुराले गर्दछ त्यसको राजनीतिक लाइन कति सही छ तथा आफ्ना विचार र प्रतिवद्धताहरुमा ऊ कति इमान्दार र दृढ छ ? खाली चोलेन्द्र समशेर प्रकरणमा लिएको सही अडानका कारणले मात्र होइन, देशका अरु पनि सयकडौँ प्रश्नहरुमा उहाँले त्यही प्रकारका सही विचार वा नीतिहरु लिने गर्नुभएको छ र तिनीहरुमा अडान पनि लिने गर्नु भएको छ । उहाँको व्यक्तित्वको प्रधान पक्ष त्यही हो ।

    के.सी.जी मात्र होइन, पूरै राष्ट्रिय जनमोर्चाको त्यही प्रकारको इतिहास रहेको छ । त्यसका तर्फबाट गतकालमा चुनिएर गएका सबै सांसदहरुको पनि त्यही प्रकारको निष्कलंक चरित्र रहने गरेको छ । संसदमा चुनिएपछि अन्य पार्टीका कैयौँ सांसदहरुले आर्थिक अनियमितता गरेका, भ्रष्टचार गरेका वा विकासका विभिन्न रकमहरु हिनामिना गरेका थुप्रै उदाहरणहरु पाइन्छन् । निश्चय नै सबै सांसदहरुले त्यसो गर्छन भन्ने हाम्रो निष्कर्ष छैन । तर राष्ट्रिय जनमोर्चाका सांसदहरुको बिना अपवाध त्यही प्रकारको निष्कलंक चरित्र रहने गरेको कुरा सारा देश र जनताका अगाडि छर्लङ्ग छ ।

    तर सायद यो देशको राजनीतिको एउटा विडम्बना नै हो कि जुन पार्टीको त्यस प्रकारको भूमिका रहेको छ, त्यसलाई जनताले कम भोट दिन्छन् र त्यो देशको सबैभन्दा सानो पार्टीहरु मध्येमा आउछ । सायद त्यही नै देशको दुर्भाग्य पनि हो । सायद त्यो बेलासम्म देशको वास्तविक विकास हुन सक्ने छैन, जबसम्म राष्ट्रिय जनमोर्चा जस्ता पार्टीहरु शक्तिशाली बन्दैनन् । त्यसका लागि हामीले कहिलेसम्म पर्खनु पर्ने हो ? त्यो कुरा भविष्यले नै बताउने छ ।
    २०७९ पौष ०१ गते ।

    शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.