काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । शुक्रबारदेखि रुपन्देहीको सालझन्डीमा संयुक्त सैन्य अभ्यास हुन लागेको हो ।
Advertisement
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार सैन्य अभ्यासमा भाग लिन भारतीय सेनाको टोली आज बुधबार नेपाल आइपुगेको छ ।
नेपाल र भारतका सेनाबीच ‘सूर्यकिरण’ नामक सैन्य अभ्यास हरेक वर्ष एकअर्को देशमा आलोपालो हुने गर्छ । सूर्यकिरण अन्तर्गतको १६ औं संस्करण नेपालको सालझन्डीमा शुरु हुन लागेको हो ।
१५ औं संस्करण भारतको पिथौरागढमा आयोजना भएको थियो, जसमा दुवैतर्फका गरी ६५० जना सैनिक जवान सहभागी भएका थिए।