• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संसद् महासचिवको पत्र गैरकानुनी, प्रधान न्यायाधीशको निलम्बन फुकुवा हुन्न : अधिवक्ता रोका


  •   शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले संसद्का महासचिवको निलम्बन फुकुवासम्बन्धी पत्र गैरकानुनी भएकाले प्रधान न्यायाधीश चोलेन्द्रशमशेरको निलम्बन फुकुवा नहुने बताउनुभएको छ ।

    Advertisement

    युगदर्शनलाई २०७९ मङ्सिर २३ गते शुक्रबार प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– ‘निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले उन्मुक्ति पाउनुहुन्न ।’

    अधिवक्ता रोकाले प्रधान न्यायाधीशमाथिको महाअभियोगले एकस्तरको कानुनी प्रक्रिया पूरा गरिसकेकाले अब संसद्का महासचिवले पत्र लेख्दैमा उनीमाथिको निलम्बन फुकुवा नहुने बताउनुभयो ।

    ‘प्रधान न्यायाधीश चोलेन्द्रमाथिको महाअभियोगले एउटा चरण पार गरिसक्यो’ उहाँले भन्नुभयो– ‘नयाँ संसद्ले महाभियोग फिर्ता लिएको अवस्थामा बाहेक यो मामिला फिर्ता हुँदैन ।’

    उहाँले प्रधान न्यायाधीशमाथिको महाअभियोग कुन अवस्थामा फिर्ता हुन सक्छ भन्नेबारेमा विकल्पसमेत प्रस्तुत गर्नुभयो ।

    ‘संसद्ले नै महाअभियोग नलगाउने भनेको भए, महाभियोग फेल भएको भए वा महाअभियोग दर्ता नै नभएको भए अलग कुरा हुन्थ्यो’ अधिवक्ता रोकाले भन्नुभयो– ‘संसद्मा विधिवत: रूपमा महाअभियोग दर्ता भइसकेको छ† संसद्को अधिकारसम्पन्न समितिले महाअभियोग लगाउनका लागि ठोस आधार भएको टुङ्गो लगाइसकेको छ र त्यसअनुसार संसद्मा छलफलसमेत सुरु भएको अवस्थामा महाभियोग फिर्ता वा निष्क्रिय हुने कुरा हुँदैन ।’

    अधिवक्ता रोकाले संसद्का महसचिवको पत्रको कुनै संवैधानिक र कानुनी महत्त्व नरहेको दाबी गर्नुभयो ।

    ‘संसद्का महासचिवको पत्रको कुनै अर्थ छैन’ उहाँले भन्नुभयो– ‘उहाँको त्यो पत्रको संवैधानिक र कानुनी महत्त्व छैन ।’

    अन्लाका अध्यक्ष रोकाले निलम्बित प्रधान न्यायाधीशले काममा फर्कने अवस्था नरहेको बताउनुभयो ।

    ‘महाभियोगको टुङ्गो नलागी प्रधान न्यायाधीश काममा फर्कन सक्नुहुन्न’ उहाँले भन्नुभयो– ‘संसद्को आगामी बैठकले महाभियोगको बारेमा टुङ्गो लगाउने छ । त्यस क्रममा उहाँ निर्दोष ठहरिनुभयो भने मात्र उहाँ काममा फर्किन सक्नुहुन्छ ।’

    अध्यक्ष रोकाले संसद्बाट यस खालको कुनै सम्भावना नरहेको बताउनुभयो । संसद्मा अहिलेसम्म चलेका विभिन्न प्रक्रियाले प्रधान न्यायाधीश चोलेन्द्रमाथिको महाअभियोगको पक्षमा ठोस प्रमाण रहेको उहाँको भनाइ थियो ।

    प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराका विरुद्ध गत २०७८ फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । त्यससँगै उहाँ निलम्बनमा पर्नुभएको छ ।

    यता, २०७९ मङ्सिर २१ गते बुधबार संसद्का महासचिव भरतराज गौतमले प्रधान न्यायाधीश जबरालाई पत्र लेख्दै काममा फर्कन भन्नुभएको थियो । महाअभियोग लगाउने संसद् विघटन भइसकेकाले उनीमाथिको महाअभियोग पनि निष्क्रिय भएको तर्क गर्दैै महासचिव गौतमले पत्र लेख्नुभएको थियो ।

    महासचिवको सो पत्रको विरुद्ध रिट परेपछि सर्वोच्च अदालतले प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा वरिष्ठ न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हासहितको संवैधानिक इजलास गठन भएको थियो ।

    मङ्सिर २३ गते शुक्रबार इजलासमा यसबारे बहस भइरहेको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, बद्रीबहादुर कार्की र शम्भु थापाले निलम्बन फुकुवा विरुद्ध रिटको पक्षमा बहस गर्नुभएको छ ।

    शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.