फर्क न फर्क नेपाली तिमिलाई डाक्छ मसाल
आमाको माया बराबर तिम्रै हो देश नेपाल ।
हेर त आज देशमाथि साम्राज्यवादवादी दखल
लिपु, लिम्पियाधुरा कालापानी चिच्याएको खबर
बिस्तारवादी नाराले देश फलाम सरि तातेको
साम्राज्यवादवादी भारतमा खैलाबैला आएको ।
फर्क न फर्क नेपाली…
आमाको माया बराबर…
पूर्वमा झापा, सुस्ता र सिमाना देशबासी रोएका
युगान्तकारी देश बचाउन नेपाली सारा उठेका
युगौं युग देश बचाउ सम्पुर्ण हामी मिलेर
वीर पुर्खाले आर्जेको सारा रिण तिरेर ।
फर्क न फर्क नेपाली …
आमाको माया बराबर…
बिर्सेका छैनौं हामीले लाठी बुट गोली खाएको
सहने छैनौं हामीले घर र पाखा लुटको
कोटि कोटि जनता विश्वका अग्ला टाकुरा
मेहनतकश हामी जनताले ल्याउने हो प्रगती आँकुरा ।
फर्क न फर्क नेपाली …
आमाको माया बराबर …
बिस्तारबादी नारा हो मसालको हतियार
खोक्रा देशभक्तहरु भएका छन् मतियार
भारतीय साम्राज्यवाद मुर्दाबाद घन्काउँदै
जगाउँ सारा देशभक्त मसाल राँको सल्काउदै ।
फर्क न फर्क नेपाली तिमिलाई डाक्छ मसाल
आमाको माया बराबर तिम्रै हो देश नेपाल ।।
जनक बिसि, साउथ इन्डिया, कोचिन