• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

मेरो शैली मिलेन होला, बोली मिठो भएन होला, तर कुरा त सत्य छ नि !


  •   शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित
  • (गायिका आस्था राउत अहिले सामाजिक सञ्जालमा चर्चामा छिन् । गत बुधबार काठमाडौं एयरपोर्टमा भएको घटनाले उनलाई चर्चामा ल्याएको छ । सामाजिक सञ्जालमा प्रहरीविरुद्ध आक्रोश पोखेकी आस्थाले चौतर्फी आलोचना भएपछि आफ्नो भाषा शैलीप्रति क्षमा मागेकी छिन् । तर, आफूले प्रहरीको व्यवहारप्रति बोलेका कुरा सही भएको बताएकी छिन् । उनको भनाई जस्ताको तस्तै, धरानअनलाइनबाट ।)

    Advertisement

    पेशाले म गायिका । गाउने मेरो कर्म । यहि सिलसिलामा सिक्किम कार्यक्रम जानेबेलामा भोगेको नमिठो पल यहॉ बताउन गईरहेको छु । म बचपन देखिनै हक्की स्वभाबको हुँ । नबिराउ न डराउ मेरो मुल मन्त्र नै हो । सहन सकिने कुरा त सहिन्छ तर हरेक कुराको एउटा हद हुन्छ । हद नागेपछि सहने कुरै आउदैन । प्रतिकार गर्न बाध्य भईन्छ । बुधवार दिउसो १२ बजे मेरो फ्लाईट थियो । निर्धारित समयमै म एअरपोर्ट पुगेकी थिए । बुद्ध एयरको जहाज डिले हुने भएपछि एयरपोर्ट परिशरमै कफि पिउदै समय व्यतीत गरिरहेकी थिए । त्यही बेला ‘मिस आस्था राउत’ भनेर बोलाइरहेको सुनेँ, म त २ बजे फ्लाइट भनेर ढुक्कले बसिरहेकी थिएँ, बुद्ध एअरका कर्मचारीले बोलाएको सुनेपछि म हतार–हतार चेकिङतिर लागें ।

    हातमा कफि थियो । कफि छोडेर जान लागेकी थिए । मलाई बिंदा गर्न आएका आफन्तले लान पाईन्छ भने पछि लिएरै गए । चेकिंगमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भन्नु भयो । मैले आफ्नो प्लेन छुट्न लागेको बताएँ, उहाँलाई ज्याकेट नखोले हुँदैन भनेर सोधेँ । आफूले राम्रोसँग सोधे पनि ती महिला प्रहरीले ‘ज्याकेट खोल्’ भन्दै रुखो व्यवहार गरिन । दुई दिनअघि पोखरा जाँदा त्यसरी ज्याकेट खोल्नु नपरेको तर हिजो जबरजस्ती ज्याकेट खोल्न लगाउँदा सहजै ज्याकेट खोले।

    मनमनै दुई दिनमै ज्याकेट खोल्नुपर्ने नियम शुरु भएछ भन्ठाने । मेसिनबाट ब्याग चेकिङ भइरहेको थियो, म पनि कफी समाएरै हात माथि उठाएर चेक गर्न अनुरोध गरिरहेकी थिएँ । उहाँले ज्याकेट खोल् भनेपछि मैले फ्लाइटमा बोलाइसक्यो, अस्ति त ज्याकेट नै खोल्न लगाउँथेन त भनेँ । महिला प्रहरीले ‘ज्याकेट खोल्’ भनेर रुखो व्यवहार गरेपछि ज्याकेट खोलेर चेक गर्न दिए। त्यतिबेलासम्म हातमा भएको कफी ती महिला प्रहरीले कतै राखिदिएको र आफूले हतार भएका कारण कफी छोडेरै जान लागेको थिए।

    उहाँको व्यवहारले मलाई रिस उठिसकेको थियो, तैपनि मैले संयमता अपनाएकी थिएँ, अगाडि जान लागेकी थिएँ । तर उहाँले ठाडो भाषामा तेरो कफी लैजा भन्नुभयो, मैले पनि लान्न भनेँ । कफी लैजान्छस् कि तेरो ब्यागमा खन्याइदिऊँ?,’ ती महिला प्रहरीले ममाथी आक्रोश पोँखिन । मेरो ठाउँमा अरु कोही केटा भएको भए त्यहीँ घुमाएर कुट्थ्यो होला, त्यस्तो बिझाउने थियो उहाँको व्यवहार ।

    त्यतिबेलै मलाई बोलाउन आएका बुद्ध एयरका कर्मचारीले ती महिला प्रहरीलाई कानमा केही भनेपछि बल्ल भित्र छिर्न दिएकी थिईन । यो हदसम्मको दुर्व्यहार मैले भोग्नुपरेको थिएन, मेरो त दिमाग नै आउट भयो । उहाँले तँ भनेर मलाई केही फरक पर्ने थिएन, तेरो ज्याकेट खोल् भनेर उहाँले जुन खाले व्यवहार गर्नुभयो, त्यो निकै बिझाउने खालको थियो । प्रहरीको छाप यस्तै छ भन्ने त जगजाहेर नै छ तर उहाँले त कफी लान्नँ भन्दा हात नै हाल्नुभयो, न्याँक्नुभयो । मलाई ती महिला प्रहरीले हातले तानेर न्याँकिन्, नराम्रो व्यवहार गरिन्, चित्त दुख्यो । त्यतिबेला त्यहाँ भएका अन्य प्रहरीले यों घटना टुलुटुलु हेरिरहेका थिए । अरु यात्रीले पनि त्यो दृश्य देखिरहेका थिए ।

    माथिको अफिसरले तल्लो तहको प्रहरीलाई यस्तो व्यवहार गर्न सिकाउने त पक्कै होइन होला ! प्रहरीको तल्लो तहमा पनि ‘स्कूलिङ’ र नैतिक शिक्षाको जरुरी रहेको महसुस गरे। कार्यक्रमका सिलसिलामा कैयन् देशका विमानस्थलमा पुगेको छु। विदेशमा पनि प्रहरी हुन्छ यस्तो हर्कत कहल्यै भोगिन । तर नेपालका प्रहरीमा मात्र यस्तो दम्भ किन ?

    केही पर चेकिङमा बसिरहेका प्रहरीलाई यो कस्तो शैली हो भनेर सोधेको र ती प्रहरीले मान्छे सबै एकनास नहुने प्रतिक्रिया दिए । त्यस्तो हुँदासम्म प्रहरीले हेरेरै बसे, शायद ती महिला प्रहरीले त्यही रवाफ अरुलाई पनि देखाउने गरेकी थिइन् कि ! एकजना दिदी सिलुगढी जान हिँड्नुभएको रहेछ, उहाँलाई त झन् पातलो खालको पोशाक पनि खोल्न भनिएछ, उहाँले पनि गुनासो पोख्दै मन नदुखाउन भन्नु भयो । प्रहरीका बारेमा नकारात्मक कुरा सुनिन्थ्यो, तर मैले हिजो जे भोगें, त्यसपछि मैले आफूले भोगेजस्तो सुनेर हुन्न रहेछ भन्ने बुझेँ । मैले जुन व्यवहार भोगें, त्यो साँच्चिकै दुःखद् थियो । प्रहरीले अपराधीलाई पनि नगर्ने व्यवहार आम नागरिकलाई गरेको महसुस भएको छ ।

    साढे १२ बजे उड्ने भनिएको प्लेनलाई ट्राफिक जामका कारण ३ बजेसम्म काठमाडौं विमानस्थलमा कुर्नुपरेको थियो । भित्र छिरिसकेपछि रन वे मा समेत प्लेन रोकिएको थियो । भद्रपुर विमानस्थल पुग्दा ४ बजिसकेको थियो । यतिबेलासम्म पनि मेरो रिस मरेको थिएन । जिन्दगीमा पहिलोपटक त्यत्रो मान्छेको अगाडि त्यसरी दुर्व्यवहार सहनु परेपछि कसरी रिस मर्छ ?

    माघे संक्रान्तिको शुभकामना र सिकिम्ममा आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी दिन मात्र ‘लाइभ’ आएको तर विनाकसुर कसैले ज्याकेटमै समाएर अपराधीझैँ सम्झेपछि एक्कासी रिस उठ्यो । हामीलाई सम्मान चाहिएको होइन तर कलाकारलाई त यस्तो व्यवहार हुन्छ भने अरुलाई कस्तो होला भन्ने मुख्य प्रश्न हो । प्रहरीले पनि त्यही कुरालाई राम्रोसँग किन नभन्ने ? हामीले गाली नै खानुपर्ने ? मैले मात्र होइन, हरेक मान्छेले प्रहरीले गर्ने व्यवहारबारे आत्ममूल्याङ्कन गर्न जरुरी छ ।

    म प्रशासन र प्रहरीलाई सधै सम्मान गर्ने तर केही प्रहरीले गर्दा सबै प्रहरीको छवि नै बिगारिरहेको देखेको छु । यस्तो अमानवीय व्यवहार भोग्न परेपछि म फ़ेसबुक लाईभमा आउन बाध्य भए । जे पर्ला पर्ला भनेर सत्य कुरा सबै बोलिदिए । मेरो शैली मिलेन होला बोली मिठो भएन होला तर कुरा त सत्य छ नि ! कति सहने हो यस्को पनि त एउटा सिमा हुन्छ नी ! जनताकै गासबाट तलब खाने राष्ट्र सेवकले जनताको सेवा गर्नु पर्दैन ?

    फेसबुकमा मेरो आक्रोस देखेर सल्यानमा कार्यरत एक प्रहरी जवान भाइले मलाई सम्झाउने पारामा म्यासेज गर्नु भयो -‘संवाद अथवा वादविवाद एउटा सामान्य विषय हो । तपाईंलाई डिउटीमा रहेको दुर्व्यवहार मेरो लागि पनि स्वीकार्य छैन । कारवाही हुनुपर्छ । त्यसमा मेरो पनि जोडदार माग छ । तर तपाईंले बोलेका शब्दहरुले पनि तल्लो तहको मनोबल कमजोर गरेको छ । आस्था जी, प्युसो, डन्ठेजस्ता शब्द प्रयोग नगरी सम्मान गरेको भए राम्रो हुने थियो । सभ्य भाषामा भनेको भए राम्रो हुने थियो ।’

    मलाई ति भाइको कुरा मनपर्यो । रिप्लाई गरे-‘मन नदुखाउनुहोला, रिसको आवेगमा भुल भएँ माफ पाऊँ, अरु जवान मुकदर्शक हुँदा, हिजो हद पार भयो । मेरो आक्रोश बढी भयो । त्यसैले क्षमा चाहन्छु । मेरो पनि सबै प्रहरी नराम्रो भन्ने सोच होइन, तर केहीको व्यहोरा नराम्रो भएको हो । फेरि पनि मन नदुखाउनुहोला, कहिलेकाहीँ यस्तै हुने रहेछ ।’

    गलतलाई गलत नभने के गर्नु, यस्तो व्यवहार खेपेँ भनेर जीवनभर कुण्ठा बोकेर त म सक्दिनँ नि, त्यसैले बोलेँ। भिडियोमा प्रयोग गरेका केही शब्द प्रयोग नगरेको भए हुन्थ्यो भन्ने महसुस गरेर आमरुपमा माफी पनि मागे । नमिठो भोगे तर मलांई नराम्रो गर्ने ती महिलाको सधै उन्नति प्रगति होस् । तिनलाई भगवानले सदबुद्दि दिउन् जय होस् तिनको ।

    मेरो कुराले आमसंचार माध्यम र जनमानसमा स्थान पाएछ । प्रहरी प्रशासनले पनि छानबिन गर्ने कुरो भएछ । बहुत राम्रो । गर्नुस छानबिन । सत्य तथ्य ल्याउनुस बाहिर । म सहयोग गर्न तयार छु । ग़लत गर्नेलाई गर्नुस कार्यवाहि । जनताको सेवा गर्नु बसेका प्रहरीलाई जनताप्रति उत्तरदायी बन्न सिकाउनुस् । ताकी मैले जस्तो अपमान कसैले भोग्नु नपरोस् ।

    आस्था राउत

    शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.